टाटा सुमो दुर्घटना हुँदा मकवानपुरमा २ जनाको मृत्यु

  • ख-
  • ख+

काठमाण्डौ । मकवानपुरमा टाटा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै ना १ ज ४५११ नम्बरको टाटासुमो इन्द्रसरोवर गाउँपालिका–२ लामाबगरमा शनिबार बेलुका दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौं महानगरपालिका १६ का ६२ वर्षीय विष्णुलाल श्रेष्ठ र पर्सा पोखरीया ७ का ४५ वर्षीय राम सहनीको रहेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

घाइते चार जनालाई उपचार गर्न ललितपुरको स्टार अस्पताल ल्याइएको छ । अन्य ४ जनाको हेटौंडा अस्पतालमै उपचार भइरहेको छ । (अनलाईनखबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?