कविराजले सुतिरहेकी श्रीमतीलाई बसुलाले हानेर गरे हत्या

  • ख-
  • ख+

कविराजले सुतिरहेकी श्रीमती ४२ वर्षीया कली बसुलाले हानेर हत्या गरेका छन् ।
सल्यान जिल्ला कुमाख गाउँपालिका वडा नं. ५ तिमिलेका ४७ वर्षीय कविराज खड्काले आफ्नी श्रीमती ४२ वर्षीया कली खड्काको गए राति ११ बजे हत्या गरेको प्रहरीले जनाएको छ।

कविराजले मादक पदार्थ सेवन गरेका थिए। छोराछोरीसँगै सुतेकी श्रीमतीलाई बसुलाले प्रहार गरेर कविराजले हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बसुलाले टाउकोमा प्रहार गर्दा कलीको घटनास्थलमै मृत्यु भएको बताए।

‘१४ बर्षीय छोरा र ६ वर्षीय छोरीसँगै सुतिरहेकी र निदाएकी श्रीमतीलाई मदिरा सेवनपछि श्रीमानले बसुला प्रहार गरेर हत्या गरेको देखिएको छ,’ थापाले भने, ‘छोराले राति खबर गरेपछि प्रहरी गएर कविराजलाई पक्राउ गरेका छौं।’
केही दिनअघि श्रीमान् र श्रीमतीबीच घरायसी कुरामा सामान्य विवादसमेत भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।(सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?