शिक्षक सरुवा गर्दा ४ लाख घुस प्रकरणबारे शिक्षा ईकाई प्रमुखको भाषा फेरिनुको कारण दवाव कि बाध्यता ?

  • ख-
  • ख+

(तस्विरः सांकेतिक)

शर्माको नयाँ स्टाटसलाई धेरैले एउटा प्रसगंसग जोडेका छन् ”एकदिन एउटा पत्रिकाले नेपालमा ५० प्रतिशत नेताहरु भ्रष्टाचारी छन् भनेर समाचार छापेछ । एकजना नेताले उक्त पत्रिकाका सम्पादकलाई गाली गरेर के लेख्या त्यस्तो ? भन्नुभएछ भोलिपल्ट उक्त पत्रिकाले नेपालका ५० प्रतिशत नेताहरु भ्रष्टाचारी छैनन् भन्ने छापेछ नेताज्युले धन्यवाद भन्दै वक्तव्य निकाल्नुभएछ ।”

तनहूँ । शिक्षा समन्वय एकाई तनहूँका प्रमुख रमाकान्त शर्माले असोज १६ मा फेसबुकमा लेखेको स्टाटस अनुसार ”एक दुई हप्ता पहिला तनहूँबाट सरुवा हुने मा. वि. शिक्षकले ४ लाख बुझाउनु पर्‍यो भन्दै हुनुहुन्थ्यो, आज अर्थात असोज १६ गते अर्को जिल्लामा एक जना प्रा. वि. शिक्षकको सरुवा भएको जानकारी दिनु भयो । कति खर्च गर्नु भो नि भन्दा भन्नु भयो १ लाख ५० हजार मा भयो सर, तपाइलाई त सस्तो भयो भन्थे, भोज खुवाउन बाँकी नै छ । रकम कसलाई दिनु भयो नि भनेर सोध्दा पालिकामा ५० हजार, समन्वयमा बुझाउन भनेर शिक्षकका नेतालाई ७५ हजार , शिक्षा दिनेहरुका नेताहरु नै दलालीको काम गर्न थाले पछि कहिले होला सुधार ? ” शिक्षक सरुवामा घुस दिनुपर्ने र शिक्षक नेताहरु नै दलालीमा लागेको कुरा शिक्षा समन्वय एकाईका प्रमुख रमाकान्त शर्माले लेखेपछि नेपाल शिक्षक संघको तर्फबाट नरेन्द्र न्यौपानेले फेसबुकमा नै लामो स्टाटस लेखेर शर्मालाई जवाफ फर्काउनुभएको थियो। न्यौपानेले ”तनहूँका शिक्षक नेताहरुले सरुवा र नियुक्ति गरिदिने नाममा शिक्षकहरुसँग खाजाघरमा बस्ने ठुलो रकम तिर्न लगाउने र सरुवा गरिदिए बापत मोटो रकम माग्ने गरेको भन्ने शिक्षा समन्वय इकाई प्रमुख रमाकान्त शर्माको आरोपप्रती नेपाल शिक्षक संघ तनहूँको ध्यानआकर्षण भएको छ। नेपाल शिक्षक संघको कुनै पनि नेता यस्ता गतिविधिमा सम्लग्न नरहेको र प्रमाण सहित सम्लग्न पाइएमा शिक्षक संघको बिधान अनुसार पदिय भुमिकाबाट निलम्बन गरिने कानुनी ब्यबस्था भएको अबस्थामा आफु आधिकारीक निकायको प्रमुख हुँदै गर्दा संस्थालाई नै बदनाम गर्ने अभिव्यक्ति प्रती नेपाल शिक्षक संघ तनहूँ घोर आपत्ति गर्दछ” भन्नुभएको थियो ।
शिक्षा समन्वय एकाई तनहूँका प्रमुख रमाकान्त शर्माले फेसबुक पेजमा लेखेपछि ”त्यो सत्य हो ” भन्ने एकथरि तर्क थियो विभिन्न संघ संगठनको नेतृत्वमा रहेका व्यक्तिहरु ”यो समाचारको प्रमाण पेश गर्न ”चुनौति दिईरहनुभएको थियो ।
हावा नचलिकन पातहल्लिदैन भने झै त्यसपछि पनि प्रमाण नपुगेका त्यस्तै र सरुवा बढुवा प्रकरणहरुमा अनेकौ कुराहरु माग गरिएको समाचारहरु बाहिरिरहे ।
आफ्नो फेसबक पेजमा स्थान नै तोकेर ४ लाख घुस प्रकरणबारे लेख्ने शिक्षा ईकाई प्रमुखको असोज ३१ गते बिहान ९.४४ को समयमा अर्को फेसबुक स्टाटस पोष्ट गर्नुभएको छ । उहाँले लामो स्टाटसमा ”यसभन्दा पहिला शिक्षकको सरुवाको विषयमा लेखेको मेरो फेसबुक स्टाटसले इमान्दार, विद्यार्थीको शैक्षिक उपलब्धि बृद्धि गर्न निरन्तर मेहनत गर्ने, शिक्षकको पेशागत हित र उन्नयनको लागि निरन्तर प्रयास गर्ने, समाजका बिकृति हटाउन लागि पर्ने, शिक्षण पेशामा समर्पित, शिक्षकको नेतृत्वमा रहने आदर्श शिक्षकलाई समेत नकारात्मक प्रभाव पर्न गएकोमा क्षमायाचना गर्दछु । आदर्श शिक्षकप्रति सदैव सम्मान गर्दछु । मैले लेखेको स्टाटस आधार विहिन, मनगणन्ते होइन । सरुवा हुने वा हुने क्रममा रहेका शिक्षाकले व्यक्त गरेको भनाइको आधारमा लखेको हुँ । मैले त्यस्ता शिक्षकसंग कुराकानी गर्दा म एक्लै मात्र भएको अवस्थामा पनि होइन । केहि शिक्षक पनि सुन्ने हुनुहुन्थ्यो” भनेर लेख्नुभएको छ ।
सर्वज्योति सम्वाददातासगको कुराकानीमा उहाँले ”आफ्नो भनाई जुनसुकै स्थानको पनि हुनसक्ने र आफ्नो भनाईप्रति आफु दृढ रहेको पनि” बताउनुभएको छ । उहाँलाई ”तपाईको भनाईको भाषा परिवर्तन भएको छ आशय परिवर्तन भएको छैन अर्को स्टाटस किन लेख्न बाध्य हुनुभयो दवावले कि बाध्यताले ? ” भनेर प्रश्न गर्दा ”यो फेरी कुनै जिल्ला, कुनै संस्था, व्यक्ति विषेशलाई इङ्गित गरी लेखेको पनि होइन नि भन्नुभएको छ” तर असोज १६ मा प्रकाशित स्टाटसमा प्रष्टरुपमा तनहूँ लेखिएको छ । त्यसैगरि उहाँले ”मैले लेखेको स्टाटस आधार विहिन, मनगणन्ते होइन, सरुवा हुने वा हुने क्रममा रहेका शिक्षकले व्यक्त गरेको भनाइको आधारमा लेखेको हुँ । मैले त्यस्ता शिक्षकसंग कुराकानी गर्दा म एक्लै मात्र भएको अवस्थामा पनि होइन” भन्नुभएको छ ।
भाषा फेरिए पनि आशय नफेरिएको शर्माको नयाँ स्टाटसलाई धेरैले एउटा प्रसगंसग जोडेका छन् ”एकदिन एउटा पत्रिकाले नेपालमा ५० प्रतिशत नेताहरु भ्रष्टाचारी छन् भनेर समाचार छापेछ । एकजना नेताले उक्त पत्रिकाका सम्पादकलाई गाली गरेर के लेख्या त्यस्तो ? भन्नुभएछ भोलिपल्ट उक्त पत्रिकाले नेपालका ५० प्रतिशत नेताहरु भ्रष्टाचारी छैनन् भन्ने छापेछ नेताज्युले धन्यवाद भन्दै वक्तव्य निकाल्नुभएछ ।”

शिक्षक सरुवा गर्दा घुस ख्वाउने चलन भएको प्रकरण सर्वसाधारणहरु बिच चर्चाको बिषय भएपनि सतहमा आउन पाएको थिएन तर शिक्षा ईकाई प्रमुखले नै लेखेपछि बाहिर छताछुल्ल भएको छ यसै बिषयमा शिक्षक संघ तनहूँका अध्यक्ष कमलभक्त पोखरेलसग सम्पर्क गर्दा ”शर्माको भनाईलाई संचारक्षेत्रले बाहिर ल्याएकोमा हामी नतमस्तक छौ र हामीभित्र त्यस्ता भ्रष्टाचारी भए तिनीहरुलाई तह लगाईने ” बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्