तुलसी , प्रेम पौडेल र बसुन्धरा नेकपा व्यास नगर कमिटिको अध्यक्षमा दावीः अध्यक्षको आकांक्षी हामी पनि छौ है

  • ख-
  • ख+

तनहूँ । नेकपा एमालेको व्यास नगरको अध्यक्षको दौड रोचक बन्दै गईरहेको छ । नेकपा एमाले आगामी कार्तिक ६ गते देशभरका ६ हजार ७ सय ४५ वडामा नयाँ नेतृत्व चयन गर्ने र मंसिरमा हुने महाधिवेशन अगाडि वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्ने लक्ष्य लिएको छ । वडा अधिवेशन पछि कात्तिक ९ गते देशभरका ७ सय ५३ स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशनको मिति तोकिएपछि वडा र स्थानीय तहको नेतृत्वका आकांक्षीहरु पनि देखिएका छन् । यस पटक एमालेले प्राय सहमतीकै आधारमा नेतृत्व चयन गर्ने जनाएको छ ।
तनहूँको सदरमुकाम रहेको व्यास नगर कमिटिको अध्यक्ष बन्न तिब्र प्रतिष्पर्धा भईरहेको छ । केहि दिन अगाडि ईश्वरबहादुर विष्ट , ज्ञानेन्द्र बसौला, अनिल पाण्डे, ऋषिराम भुषालले आफुहरुलाई अध्यक्षको प्रत्यासीको रुपमा उभ्याउनुभएको थियो ।

तत्पश्चात तुलसी पाण्डे, बसुन्धरा घर्ति र प्रेम पौडेल पनि आफु अध्यक्ष पदको आकांक्षीको रुपमा प्रस्तुत भईररहनुभएको छ । व्यास नगरको सचिव, विभिन्न संघसंस्थामा नेतृत्वदायी भुमिका निभाईरहनुभएका पाण्डे आफुलाई व्यास नगर कमिटिको अध्यक्षमा एकदम फिट मानिसको रुपमा प्रस्तुत गरिरहनुभएको छ । मैले नेतृत्वव गरेका संस्था हुन् वा पार्टीको कुनै पनि संगठन होस् चुस्त दुरुस्त राखेको छु त्यसैले यसपटक साथीहरुले मलाई मौका दिनुहुन्छ अध्यक्षका आकांक्षी तुलसी पाण्डेको दावी छ ।
क्षेत्रिय कमिटीको सचिवको जिममेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नुभएका प्रेम पौडेल विगतको काम कारवाही र योगदान हेरेर पनि अध्यक्ष आफु बन्नुपर्ने बताईरहनुभएको छ ।
आदिवासी जनजाति महासंघ नेपाल तनहूँको अध्यक्ष, वडा नं. ४ को वडा सदस्य लगायत विभिन्न पदमा रहनुभएकी बसुन्धरा घर्ति पनि आफुले पार्टीलाई व्यास नगरमा अगाडि बढाउन सक्ने भएकोले पार्टीले विश्वास गर्ने दावी गर्नुहुन्छ ।
यसरी पहिला ४ जना आकांक्षीहरु संचार माध्यममा आईरहेकोमा अब ३ जना थपिएपछि व्यास नगरको अध्यक्षको दौड रोचक हुने बिश्वास एमाले नेता तथा कार्यकर्ताको रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्