आफु संलग्न संस्थाका बारेमा चलेका चर्चाहरुका बारेमा राहत शिक्षक समिती तनहूँका अध्यक्ष नरेन्द्र न्यौपानेको धारणा

  • ख-
  • ख+

अहिले समाजमा शिक्षक, शिक्षण संस्था र त्यस सग सम्बन्धित विभिन्न संस्थाहरुका बारेमा सकारात्मक र नकारात्मक चर्चाहरु चलिरहेको समयमा हामीले राहत शिक्षक समिती तनहूँका अध्यक्ष नरेन्द्र न्यौपानेसग यस बारेमा थप स्पष्ट हुने प्रयास गरेका थियौ प्रस्तुत न्यौपाने कुराकानी संक्षेपमाः

पहिलो कुरा म यहाँहरु लाई के प्रष्ट पार्न चाहान्छु भने राहत शिक्षक समिति भनेको कुनै राजनैतिक दलको शुभेच्छुक सस्था होइन । यो नितान्त राहत शिक्षकहरुको पेशागत न्याय, सुरक्षा र अधिकार प्राप्तिका लागी संघर्षको विभिन्न मोर्चामा उभिएर राज्यलाई खबरदारी गर्ने छाता संगठन हो ।
तनहूँ जिल्लामा करीब ३०० शिक्षक साथीहरू यस संगठनका आवद्ध हुँदै गर्दा कोही राजनैतिक रूपमा विभिन्न संघ, संगठनहरुसंग नजिक हुनुहुन्छ । म नरेन्द्र न्यौपाने नेपाल शिक्षक संघको सचिव अर्थ पनि हुँ । अहिले समाजमा शिक्षकहरु र शिक्षण संस्थाहरुका बारेमा सकारात्मक र नकारात्मक चर्चाहरु चलिहदा राहत शिक्षक समितिको पनि ध्यानाकर्षण भएको छ । वास्तबमा तनहूँका शिक्षक नेताहरुले सरुवा र नियुक्ति गरिदिने नाममा शिक्षकहरुसँग खाजाघरमा बस्ने ठुलो रकम तिर्न लगाउने र सरुवा गरिदिए बापत मोटो रकम माग्ने गरेको भन्ने शिक्षा समन्वय इकाई प्रमुख रमाकान्त शर्माको आरोप तथ्यहिन आरोप हो, उहाँ स्वयं शिक्षक सरुवाको अन्तिम लालमोहर लगाउने निकायमा हुनुहुन्छ । यस सन्दर्भमा शिक्षक नेता, प्रशासक र जनप्रतिनिधि कसले कति पैसा कस्को नाममा कसरी खायो ? सरुवा हुने शिक्षकसंग लिखत प्रमाण लिन सक्नुहुन्छ तर यसबाट बिमुख भएर यस्ता मनगढन्ते Status लेख्नुले समग्र शिक्षक नेताहरु र तिनीहरुको पेशागत संघसंगठनलाई अपमान गर्ने अभिप्रायले शिक्षकहरुको हामीप्रतिको विश्वास घटाउन चालिएको नियोजित कदम हो जस्तो लाग्छ मलाई । शिक्षाक्षेत्रमा देखिएका बिकृती हटाउन शिक्षामा आबद्ध कर्माचारी, शिक्षक, नेता सबैको आवाज एकै हुनुपर्नेमा यस्ता घटनाले सामाजिक बितन्डा मच्चाएको छ। सामुदायिक विद्यालयको गुणस्तर खस्कने र अभिभावकको बिश्वास घटने संभावना बढेको छ। पबित्र मानिने शिक्षण पेशा मर्यादित बनाउन सम्बन्धित सबै पक्ष सचेत हुनु पर्दछ। गल्ती गर्ने शिक्षक नेताहरु अझै भनौं जो भएपनि प्रमाणित हुन्छ भने कानुनी दायरामा आउनै पर्छ तर प्रमाणित हुन सकेन भने यो फलामको चिउरा हुनेछ। यसबाट उत्पन्न कुनै पनि घटनाको जिम्मा कुनै पनि शिक्षक संघसंगठनले लिदैनन उहाँ आफै हुनु पर्नेछ।

यसरी शिक्षक नेताहरुको चरित्र हत्या गर्ने मात्र नभै सबै शिक्षकहरुको बदनाम गर्ने समाचार जसरी बजारमा फ़ैलिएको छ। समाचारलाई थप अतिरन्जित गर्ने Highlight गर्ने र Viral बनाएर अरुको आलोचनामा आफ्नो इजत प्रतिष्ठित भएको मनोबिज्ञानले कसैलाई पनि फाइदा गर्दैन। यो घटनाको दोषी को भन्ने सन्दर्भमा सर्ब प्रथम त हामी शिक्षा बिकास तथा समन्वय इकाई प्रमुखकै Status लाई नै दिन्छु भने दोस्रो म नेपाल शिक्षक संघको पदाधिकारी पनि हुँदै गर्दा हाम्रो सस्था तनहूँमा सबैभन्दा धेरै करिब २१०० आदरणीय शिक्षक साथीहरु आवद्ध हुनुहुन्छ र त्यो सबै साथीहरूको आन्तरिक ब्याबस्थापन गर्न नसक्दा पनि हामी भित्रैबाट आएको हो भने तेस्रो कारण नेपाल शिक्षक संघ नेपाली काङ्ग्रेसको सुभेच्छुक संस्था हो र अहिले अधिबेशनको चरणमा छ त्यसैले आन्तरिक प्रतिस्पर्धाबाट आएको अझै भनौ राजनैतिक प्रतिशोधका कारणले स्वार्थ समुहबाट उचालिएको घटना हो। अबको शिक्षक संघसंगठनको नेतृत्व खराव मनोवृत्तिबाट होइन शिक्षकको पेशागत बिकास गरेको चिन्तन मनन गर्न सक्ने प्राज्ञिक शिक्षकबाट हुनु पर्दछ आज साथीहरूलाई उत्साही बनाउनु पर्नेमा निरस र नेतृत्वको बिरोध भै रहेको छ। हामी राज्यबाट पीडित छौ। यो अबस्थामा शिक्षक एकताको सन्देश दिनु पर्नेमा फुटको सन्देश दिएका छौ । यस्ले शिक्षक नेता र तिनिहरुको संस्थालाइ घाटा पुर्याएको छ।

मुलभुत रुपमा राहत शिक्षक समितीकोFACE BOOK ID बाट may 2020 को lockdown मा ब्यक्तिगत प्रयोजनमा प्रयोग भएको edu khabar समाचारमा देखियो यस बिषयमा हामी राहत कार्यसम्पादन समितिको बैंठक बस्यो यो ID सस्थागत रुपबाट अध्यक्ष र सचिबले चलाउछौ । तर अध्यक्षको हिसाबले तेस्को जिम्मा मैले लिनुपर्छ शिक्षक नेताको हिसाबले शिक्षकहरुसग नजिक हुन सभ्य भाषामा यो ब्यक्तिगत रुपमा प्रयोग भएको कुरा सामान्य personal error मात्रै हो । संस्था सग जोडन् आबस्यक थिएन। तथापि यो सधै संस्थागत रुपमा प्रयोग हुने प्रतिबद्धता शिक्षक साथीहरूलाई व्यक्त गर्दछु। अध्यक्ष भएकोले होला मेरो नाम थुप्रै online media अनि पत्रपत्रिकामा छापिए म आध्यात्मिक चिन्तक हु ! मलाई कसैसंग जोड्ने प्रयास नगर्दा हुन्छ । सबै मान्छेको बिशेषता भिन्न भिन्न हुन्छ म पनि फरक मान्छे हुँ । म सजिलै गुण र दोष छुट्याउछु । अहंकार त पतनको बीउ हो। सबैलाई थाहा छ, मानव जीवनको प्रमुख उद्देश्यहरु मध्ये एक नीजि सुख पनि हो। तर आफ्नो खुशी र सुखका निम्ति अरुको सुख उजाड पार्ने अधिकार कसैलाई छैन। मैले कसैलाई अपमान गरिन, भगवानले सबैको इच्छा पूरा गरुन.. मैले कसैको पैसा खाइन, मैले कुनै महिला लाई दुव्र्यावहार गरिन । मेरा बिरुद्ध कुनै प्रमाण छन भने media लाई छाप्न अनुरोध गर्छु। म प्रस्ट छु सुनलाई कसि लगाउन पर्दैन, गल्ती गर्नेलाइ प्रसाशनिक कार्बाही गरे हुन्छ ।
मलाई कसैले आरोप लगाएर हुदैन मैले कहिलै शक्तिको दुरुपयोग गरिन, न म कहिल्यै पालिका प्रमुखको पुत्र बने, न म कहिलै नवराजकुमार बने, न मैले कसैको सोमरस पिए । तमाम शिक्षक साथीहरूले चिन्नुहुन्छ । मैले सबै शिक्षकको माया पाएकोछु मेरो इज्जत प्रतिष्ठा भनेको यही हो। मेरो चरीत्र हत्या गर्ने प्रवृत्तिको विरुद्ध खुलेर लडाइँ लड्नेछु यस सन्दर्भमा शिक्षक संघको आधिकारिक बिज्ञप्ति आईसकेको अब महासंघको आउने अपेक्षा गर्दछु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?