पुर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल नेकपा एमालेबाट राजनिति गर्नेः तनहूँमा मन्त्री किसानको स्थान लिने सबैको विश्वास

  • ख-
  • ख+

काठमाण्डौ । पुर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्नुभएको छ । कार्तिक ११ गतेका दिन बिशेष कार्यक्रम गरि खनाल पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको एमालेकी नेतृ भगवति न्यौपानेले बताउनुभएको छ । खनाललाई नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र अन्य नेताहरुको हातबाट टिका लगाई औपचारिकरुपमा पार्टीमा प्रवेश गराउन लागिएको छ ।

देशको समृद्धि र बिकासको लागि नेकपा एमाले अपरिहार्य रहेकोले आफु नेकपा एमालेमा प्रवेश गर्न लागेको खनालले बताउनुभएको छ । यो देशको सच्चा राष्ट्रबादी शक्ति भनेकै नेकपा एमाले भएको कारणले पनि राष्ट्रप्रेमी नेपालीहरु यस पार्टीमा आवद्ध हुने पनि उहाँले विश्वास ब्यक्त गर्नुभएको छ ।
”खनालको पार्टी प्रवेशले यो पार्टीमा सच्चा पुर्व राष्ट्रसेवकहरुको आर्कषण बढिरहेको र यसले आगामी निर्वाचनमा पार्टीलाई फाईदा पुर्याउने ” नेकपा एमाले स्थायी कमिटिका सदस्य किरण गुरुगंको प्रतिक्रिया रहेको छ । ”पुर्व प्रहरी महानिरिक्षक हुदाँको बखत र आफ्नो प्रहरी सेवाको क्रममा खनालले पुर्याएका योगदानले पार्टीलाई फाईदा हुने र खनालको कर्तव्यनिष्ठता र सर्मपणले तनहूँका जनतालाई पनि फाईदा पुग्नेु ” नेकपा एमालेकी नेतृ भगवति न्यौपानेको भनाई रहेको छ ।

”नियम कानुन पालनाका सवालमा कडा प्रहरी प्रमुखका रुपमा परिचित र तनहूँ जिल्ला क्षेत्र नं. १ मा पुर्ख्यौलीथलो भएका खनालले तनहूँमा नेकपा एमालेका सांसद तथा हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानको स्थान लिने’‘ धेरैले अनुमान गरेका छन् भने खनालको एमाले प्रवेशले तनहूँको राजनितिमा राम्रै तरंग ल्याउने धेरैको विश्वास छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?