विद्यालयको अभिभावकभन्दा बाहिरको मान्छेको स्वार्थ पुरा गर्न उमेदवारी फिर्ता लिने कुरा त आएन: माधब अधिकारी (अध्यक्षका पदका आकांक्षी उमेदवार सत्यवति मा.वि.)

  • ख-
  • ख+

तनहूँ । नेपालकै प्रख्यात तनहूँको दमौलीमा रहेको विद्यालय सत्यवति माध्मिक विद्यालयको व्यवस्थापन समितिको लामो समयदेखि चयन हुन सकिरहेको छैन । आउदो कार्तिक १० गते उक्त विद्यालय व्यवस्थापन समितिको निर्वाचन हुन गईरहको छ यसै विषयमा अध्यक्ष पदका आकांक्षी माधब अधिकारीसगको कुराकानीः
प्रश्नः यहि कार्तिक १० गते सत्यवती मा. बि. मा हुने ब्यबथापन समितिमा तपाईले उमेद्वारी दिनु को कारण के होला बताई दिनुहोस न ?

सर्बप्रथम त सत्यवती मा बि. को अभिभाबक हुँ त्यसैले मेरो उमेद्वारी हुने हक र कानुनी आधार त भैहाल्यो । अब अध्यक्षको उमेद्वारीको कुरा किन भन्ने प्रश्नमा मैले एक कार्यकाल समितिमा रहेर काम गर्दाको अनुभबले थुप्रै कामहरु अधुरो रहेको महसुस गरेको छु । सत्यवती मा.बि. नेपालकै सामुदायिक विद्यालयहरुमा नमुनाको रुपमा परिचित छ । पुर्ब समितिहरुको कुशल ब्यबस्थापन विद्यालय प्रशासन एबम गुरुहरुको अथक मेहनत र अभिभावकहरुको खबरदारीले आज गर्व गर्न लायक विद्यालय बनेको छ । यस बिषयमा सबै अग्रजहरुमा हार्दिक नमन गर्न चाहान्छु । सबै अग्रजहरुको प्रेरणालाई अनुशरण गर्दै पछिल्लो समयमा शैक्षिक क्षेत्र मा हुदै गएको प्रबिधिको बिकाससगै सबै विद्यार्थीहरुको पहुँचमा पुर्याउन सक्नु नै अहिले को मुख्य चुनौती को बिषय हो । सबै बिचार र समुदाय एबम बर्गलाई एकीकृत गर्दै नयाँ ढंगबाट विद्यालयको शैक्षिक गुणस्तर अगाडि बढाउन मैले विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष पदमा उम्मेद्बारी दिएको छु । बिगतमा समितिमा रहेर काम गरेको अनुभवलाई आत्मसाथ गर्दै सम्पुर्ण विद्यार्थी अभिभावकहरुको भावना अनुसार विद्यालयलाई अगाडि बढाउने प्रतिबद्धताका साथ सम्पूर्ण अभिभावक माझ आएको छु तपाईंहरुको अमुल्य मत प्रदान गरि सेवा गर्ने अबसर प्राप्त गर्ने बिश्वास लिएको छु त्यसको लागि मेरो उमेद्वारी हो ।
प्रश्नः तपाईसग अरु ३ जना प्रतिस्पर्धी हुनुहुन्छ तपाइको जित्ने आधार के छ ?
मेरा पछाडी कति जना प्रतिस्पर्धी हुनुहुन्छ मलाई सरोकारको बिषय भएन मेरो पछाडी कति अभिभाबक छन् भन्ने कुरा हो । मलाई ७० प्रतिशतभन्दा बढी अभिभाबकको सल्लाह सुझाब र माया रहेको छ र अभिभाबकको चाहना बहोजिम नै मेरो उमेदवारी हो त्यसो भएको हुनाले १० गते हुने निर्बाचनमा माधब अधिकारीलाइ सबै अभिभावकले मतदान गर्नुहुन्छ भन्नेमा म ढुक्क छु ।

प्रश्नः विद्यालयहरुमा राजनीतिक हस्तक्षेपले गर्दा पदमा सर्वसम्मत हुन सकेपनि अध्यक्ष पदमा सहमति हुन् सकेन भन्ने छ नि ?
राम्रो कुरा उठान गर्नु भो सहमतिमा माधब अधिकारी कहिलेही पनि बाधक बनेन संस्थागत रुपमा स्कुललाइ फाइदा हुने कुरामा बाधक बन्दिन भनेर पटक पटक भने तर कसैको व्यक्तिगत स्वार्थ पुरा गर्नको लागि माधब अधिकारीले उमेदवारी फिर्ता लिने कुरा त आएन नि अब यसको मुल्यांकन अभिभाबकले गर्नुहोला ।
प्रश्नः अझै पनि सहमति को सम्भावना छ ?
असम्भब भन्ने कुरा त केहि हुदैन तर पनि कोर्स धेरै अगाडी बडी सक्यो सम्भावना कम देख्छु ।
प्रश्नः अन्तमा केहि भन्नु छ कि ?
मैले भनि सके सत्यवती मा. बि. शैक्षिक क्षेत्रमा नया ढंगबाट अगाडी बढाउने उद्देश्यका साथ युवा जोस र जागरका साथमा आएको छु बिगतमा काम गरेको अनुभब अग्रजहरुको सल्ला सुझाबलाइ मनन गर्दै अगाडी बढ्ने कुरामा सबैलाइ प्रतिबद्दता पनि ब्यक्त गर्न चाहन्छु र अब कार्तिक १० गते हुने अध्यक्ष पदमा मलाई भरि मतका साथ बिजय बनाएर काम गर्ने अवसर दिनुहुने छ भन्ने सत्यवति मा.वि. का सबै अभिभाबकमा अनुरोध पनि गर्दछु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?