सत्यवति मा.वि.मा अध्यक्ष चयन प्रक्रिया स्थगितः निर्वाचनको मिति अनिश्चित

  • ख-
  • ख+

तनहूँ । तनहूँ, दमौलीको सत्यवति मा.वि.को अध्यक्ष चयन प्रक्रिया स्थगित स्थगित गरिएको छ । परिचय पत्र बनाउनुपर्ने भएको कारण कार्तिक १० गते हुने भनिएको अध्यक्ष चयन प्रक्रिया स्थगित गरिएको शिक्षा शाखा व्यास नगरपालिकाका प्रमुख नरेन्द्र प्रसाद रेग्मीले बताउनुभएको छ साथै उहाँले आकांक्षीहरु बिच सहमति भए चाडै निर्वाचन हुन सक्ने नभएमा कार्तिक २७ वा मंसिर ४ गते निर्वाचन हुन सक्ने बताउनुभएको छ ।
विद्यालयका अन्य पदाधिकारीहरु चयन भईसकेको भएपनि सत्यवपति मा.वि. मा अध्यक्ष चयन हुन सकेको छैन । यसै विषयमा उक्त विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सूर्यदेशभक्त अधिकारीसग प्रतिक्रिया लिदा अघिल्लो पटकको निर्वाचनमा पनि परिचयपत्र बनाई यसपटक निर्वाचन समितिको हेलचक्रयाईले गर्दा सत्यवतिको निर्वाचन पटक पटक स्थगित गर्नु परेको हो । व्यास नगरपालिकाको शिक्षा शाखाले राजनितिक हस्तक्षेप गरेर विघटन गरेको व्यवस्थापन समितिको निर्वाचन यतिसमयसम्म पनि निर्वाचन गर्न नसक्नु उक्त शाखाको कमजोरी भएको बताउनुभएको छ ।
अध्यक्षमा ४ जना आकांक्षीहरु भएको कारण लामो समयदेखिको सर्वसम्मतको प्रयास सफल हुन नसकेपछि निर्वाचनमा १० गते निर्वाचन हुने मिति तोकिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?