होटलमा काम लगाइदिन्छु भन्दै यौन शोषण गर्ने दुई जना पक्राउ

  • ख-
  • ख+

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जनालाई पोखराको बैदामबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका वडा नं. १ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्ट रहेका छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले पोखराको लेकसाइडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगा दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास देखाएर बाध्य पारी यौन शोषण गर्न लगाउने गरेका थिए ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । लेकसाइइबाट उद्धार गरिएका पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको छ ।

उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?