नेकपा एमाले ब्यास नगर कमिटीको नगर अधिबेशनमा बिरेन्द्र बहादुर अधिकारी अध्यक्ष चयन हुनुभएको छ । मंगलबार भएको नगर अधिवेशनबाट बिरेन्द्र बहादुर अधिकारीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी सर्बसम्बत रुपमा चयन भएको छ । नगर कमिटिका अन्य सदस्यहरुमा उपाध्यक्षमा तुल्सी पाण्डे, सचिबमा ज्ञानेन्द्र बसौला, सह सचिब मधु पन्डित, सह सचिबमा सीता पाण्डे चयन हुनुभएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट उद्घाटन भएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटिका सदस्य किरण गुरुगं लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।








