तनहूँ । ने. बि. संघको जिल्ला अध्यक्ष हुँदै ने. बि. संघका केन्द्रिय सहमहामन्त्री र नेपाली कांग्रेसको जिल्ला सदस्य हुनुभएका लक्ष्मीभक्त खनाल नेपाली कांग्रेस तनहूँको सचिव पदमा उमेदवार बन्ने हुनुभएको छ ।
खनालले आफु भिजन सहितको युवा आकांक्षी भएको कारण १४ औ महाधिवेशनमा जिल्ला सचिब उम्मेदवार हुन लागेको उहाँले बताउनुभएको छ ।
लोकतन्त्रको आन्दोलनमा पटक पटक सहभागी भई जेलनेल भोग्नुभएका खनालले बिद्यार्थी राजनितिमा थुप्रै योगदान गर्नुभएको छ साथै जेसिआई व्यासनगरको अध्यक्ष रहनुभएका खनालले विभिन्न समयमा प्राकृतिक विपत्तिहरुमा राहत वितरण गरेर समाजसेवा गरिरहनुभएको छ ।








