बजेट २० लाख, नो सम्झौता नो टेन्डर सिधै काम शुरु
तनहूँ । व्यास ऋषिको तपोभुमि व्यास नगरपालिकामा प्लाष्टिकजन्य फोहोर संकलन अभियान ठूलो आर्थिक चलखेल गरिएको आशंका गरिएको छ ।
तिलोत्तमा नगरपालिकामा ”शुन्य पोलिथिन घोषणा कार्यक्रम ” संचालन गरेका निपेश ढकालको संस्था सिम नेपाललाई बोलाई उक्त संस्थालाई ठेक्का दिने हिसाबले सम्झौता गर्न लागिएकोले उक्त आशंकामा थप बल पुगेको छ । सम्झौता नभएपनि व्यास नगरपालिकाबाट आन्तरिक रुपमा काम शुरु गर्न भनिएको जनाउदै उक्त संस्थाले व्यास नगरपालिकाका विभिन्न वडाहरुमा उक्त कार्यक्रम संचालन गर्दै घरदैलो कार्यक्रम गरिरहेको छ । उक्त संस्थाले धेरै रकम माग गरेपनि अघिल्लो आर्थिक बर्षमा रकम उपलब्ध गराउन नसकिएकाले यस बर्षको बजेटमा प्लाष्टिक जन्य फोहोर संकलन अभियानका लागि २५ लाख रकम विनियोजन गरिएको छ । खरिद ऐन अनुसार २५ लाख रकम पनि दिन नमिल्ने भएपछि २० लाख रुपैया दिने सम्झौता गर्ने आन्तरिक तयारी गरिएको छ ।
‘‘नगरपालिकाका कुनै पनि सम्झौताहरु टेन्डर आव्हान गरेर हुनुपर्नेमा उक्त काम टेन्डर आव्हान गरेर गर्दा उक्त संस्थालाई नै पर्ने कुनै ग्यारेन्टि नभएको कारण उक्त संस्थासग ३ वटा देखि ६ वटासम्म प्राविधिक तथा आर्थिक टेन्डर आव्हान गर्ने गरि तयारी भईरहेको’‘ उक्त संस्थाका एक कर्मचारीको भनाई रहेको छ ।
सिम नेपालका प्रतिनिधि ढाका मोहन अधिकारी ( निपेश ढाका) र व्यास नगरपालिकाका एकजना जनप्रतिनिधिका नजिकका व्यक्तिको संलग्नता रहेको उक्त संस्थाले व्यास नगरपालिकाबाट आफ्नो संस्थाले प्लाष्टिक जन्य फोहोर संकलन कार्यक्रम पारिसकेको भन्दै विभिन्न गाउँ , टोल र वडाहरुमा कार्यक्रमलाई तिब्रता दिइरहेको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उक्त संस्था आयोजक र व्यास नगरपालिकाको सहकार्यमा असोज ८ गते (मिति व्यास नगरपालिकाको फेसबुक पेज अनुसार) आयोजना गरेको ‘शुन्य पोलिथिन घोषणा कार्यक्रममा सहभागिता जनाईसक्नुभएको छ ।
स्थानिय निकायले पालना गर्नुपर्ने नियम कानुनको पालना नगरिकन आफुखुशी ऐन नियमहरु निर्माण गरि २० लाख रुपैयाको सम्झौता कुनै एउटा संस्थालाई दिन ३ देखि ६ वटासम्म प्रस्ताव माग गर्नुलाई यस कार्यक्रममा ठुलै आर्थिक चलखेल भएको आशंका गरिएको छ । यसै विषयमा व्यास नगरपालिका वन वातावरण तथा सरसफाई शाखाका प्रमुख कृष्णराज घिमिरेसग सम्पर्क गर्दा ”आन्तरिक रुपमा नै उक्त संस्थालाई दिन लागेको र यस बारेमा आफुलाई त्यति जानकारी नभएको” भन्दै सूचना दिन आनाकानी गर्नुभएको छ ।
यसै बिषयमा अन्य संस्थाहरुका प्रतिनिधिसग सम्पर्क गर्दा ”पारदर्शी र टेन्डर प्रक्रियाबाट हुनुपर्ने सम्झौता कुनै संस्थालाई टेन्डर नै नगरिकन आन्तरिक रुपमा सम्झौता गर्न खोज्नु नै आर्थिक चलखेल गर्नुको ठुलो प्रमाण” रहेको बताउनुभएको छ ।
(नोटः नाम छोटकरीमा रहेकोले नाम सच्याईएको छ ।)

(तस्विरः व्यास नगरापलिकाको फेसबुक पेजबाट)









