एलायन्स कपको उपाधि लियो क्लब अफ तनहूँलाई

  • ख-
  • ख+

तनहूँ । एलायन्स क्लव अफ दमौलीको आयोजनामा शनिबार भएको सेभेन ए साइट फुटबल प्रतियोगिताको उपाधि लियो क्लब अफ तनहूँले जितेको छ । निकै रोचक फाइनल खेलमा रोट्रयाक्ट क्लव अफ दमौलीलाई लियो क्लब अफ तनहूँले ट्राइबेकर मार्फत जित हात पारेको थियो ।

विजेता लियो क्लवलाई प्रथम पुरस्कार बोका , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेता रोट्रयाक्ट क्लबलाई टर्की , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण कार्यक्रमका प्रमुख अथिति खेलकुद विकास समिति तनहूँका अध्यक्ष अनिल पाण्डे र एलायन्स क्लवका अध्यक्षले विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
उक्त प्रतियोगितामा ६ टिमको सहभागी रहेको थियो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्नुभएको कार्यक्रमको संचालन प्रतियोगिताका संयोजक एवं एलायन्स क्लवका कोषाध्यक्ष अजित पन्थले गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्