पूर्ण बहादुर गुरुगं सहित १५ जना जुवाडे तनहूँमा पक्राउ

  • ख-
  • ख+

तनहूँ । जिल्ला प्रहरी कार्यालय तनहूँले कौडा खेलिरहेका ९ जना जुवाडेहरुलाई पक्रेको छ । कार्तिक १३ गते राती साढे बाह् बजेको समयमा तनहूँ जिल्ला आबुखैरेनी गाउपालिका वडा नं. १ समस्तिपुरमा उनीहरुलाईै पक्राउ गरिएको हो । उृक्त स्थानमा रहेको क्विन बि रेष्टुरेन्टमा दिउसोदेखी लगातार रुपमा ठुलो धनराशीमा जुवा (कौडा) खेलिरहेको छन् भन्ने गोप्य सूचना प्राप्त पश्चात जिल्ला प्रहरी कार्यालय तनहूँ र ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहूँबाट संयुक्त रुपमा प्रहरी टोली छापा मार्दा जुवाडेहरुलाई पक्रेको हो । उक्त स्थानमा प्रहरी पुगी खानतलासी गर्दा उक्त रेष्टुरेन्टमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रहेका प्रकाश खनाल, मेख ब.गुरुङ, बिनय गुरुङ, देबेन्द्र सेढाई, नारायण गुरुङ, तुल ब.गुरुङ, पुर्ण ब.गुरुङ, बिकास गुरुङ, प्रितम गुरुङ, गंगाराम मिश्र, अन्जन गुरुङ, आसिस गुरुङ, सिवराज गुरुङ, पुर्ण ब.गुरुङ र खडक ब. गुरुङलाई फेला पारेको थियो ।
निजहरु खेलिरहेको खालबाट एकमुष्ट रुपमा जम्मा नगद रु. १,१३,०१०।– (एक लाख तेह्र हजार दश रुपैया) र , कौडा १६ थान प्रहरीले नियन्त्रमा लिएको छ । प्रहरीले जुवा (कौडा) खेलिरहेका १५ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई निजहरु उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?