तनहूँ । जिल्ला प्रहरी कार्यालय तनहूँले एकै स्थानबाट जुवा खेलिरहेको २९ जना ज्वाडेलाई पक्रेको छ । १७ गते सुरु करिब १ बजेको समयमा तनहूँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नंं ८ ढोरफिर्दी लालीममा २९ जना कौडा खेलिरहेका जुवाडेहरुलाईै पक्रेको हो । सोहि स्थानकै बिल बहादुर गुरुङको घरमा ठुलो धनराशीमा कौडा खेल भई रहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहूँ र इलाका प्रहरी कार्यालय तनहूँबाट खटिएको प्रहरी टोलीले गुरुगंको घरमा खानतलासी गर्दा घर धनि बिल बहादुर गुरुङ अन्य खेलाडीहरु भानुभक्त पराजुली,सुरज रामजाली, निर पुन, रुपेश गुरुङ, प्रकाश गुरुङ, अन्जन गुरुङ, नारायण सिंह थापा, बिकी गुरुङ,दिल चन्द्र पुन, जित बहादुर सुनार, चुडामणी पौडेल, मोहित जुहारचन, रमेश भट्टराई, राजु पुन, गोविन्द बि. क. ,पदम बहादुर गुरुङ, भरत गुरुङ, राजु मगर, मुमलाल बि. क., रोशन भट्टराई, कृष्ण भट्टराई, दिपक सुनार, प्रकाश भट्टराई, बिष्णु विश्वकर्मा ,मान बहादुर परियार, श्याम गुरुङ, सोम प्रसाद पौडेल र मणिरत्न पौडेल गरी २९ जनालाईपक्रन सफल भएको हो ।
धेरै व्यक्तिहरु जम्मा भई धनराशी जितहार हुने गरी पैसाको बाजी राखी जुवा (कौडा) खेलिरहेको अवस्थामा फेला पारी निजहरु जुवा कौडा खेली रहेको खालबाट खेल्दै गरेको कौडा १६ (सोह्र) वटा, भिष्टिङ् उठाउन प्रयोग गरेको बट्टामा बैकल्पिक रुपमा राखेको कौडा १६ (सोह्र) वटा गरी जम्मा कौडा ३२ वटा र एकमुष्ट नगद रु.९,११,४०५ ( अक्षेरुपी नौ लाख एघार हजार चार सय पाँच रुपैँया) सहित २९ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभएको छ ।








