बसले ठक्कर दिँदा देउसीभैलो खेल्न हिँडेका २ जनाको मृत्यु, ४ जना घाइते

  • ख-
  • ख+

(देउसीभैलो समूहलाई ठक्कर दिएपछि जलाइएको बस ।)


मकवानपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ नेवारपानी नजिकैको सडकखण्डमा शनिबार राति यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको र अन्य चार जना घाइते भएका छन् ।

मृत्यु हुनेमा हेटौंडा १९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

रौतहटको गौरबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ख ०९३६ नम्बरको बसले देउसीभैलो खेल्न हिँडेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । त्यस्तै बसको ठक्करबाट सङ्गम नेपाली, निषा मोक्तान, तुलसा विष्ट र लक्ष्मी गुरुङ घाइते भएका र उनीहरूको हेटौँडा तथा भरतपुर अस्पतालमा उपचार भइरहेको उनले बताए ।

ठक्कर दिने बसमा स्थानीयवासीले आगजनी गर्दा बस पूर्णरुपमा जलेर नष्ट भएको छ । सो बसका चालक फरार रहेको, उनको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?