राजनितिक दलको मनोमानी यतिसम्म चलेको छ कि टोल विकास संस्थादेखि, मन्दिर, पार्टी पौवादेखि विद्यालय व्यवस्थापनसम्म , कुनै संस्थानमा नियुक्तिदेखि राजदुत र विज्ञहरुको आवश्यकता हुने विश्वविद्यालय र संस्थानहरुमा सम्म पार्टीका कार्यकर्ता र विचार बोक्ने मानिसहरुले मात्र प्राथमिकता पाएका छन् । यस्तो लाग्छ पार्टीका कार्यकर्ताहरुभन्दा बाहेक यो देशमा अरु कोहि योग्य व्यक्ति नै छैनन् ।
तनहूँ । राणाकाल र पंचायतकालमा आफ्ना आसेपासे, धुपौरे, हुक्केहरुलाई मात्र सरकारी तथा लाभका पदमा मौका दिए भनेर विरोधमा उत्रिएका राजनिति दलको कार्यशैली प्रजातन्त्र हुदै लोकतन्त्रसम्म आईपुग्दा । राणा शासक र पंचायती शासकहरुभन्दा पटक्कै भिन्न भेटिएको छैन । आम मानिसहरुको मनमा हिजो बरु एउटा राजाको शासन हुन्थ्यो आज त झनै पार्टी पिच्छे राजा, गुटैपिच्छे राजाहरुको हालीमुहाली, टोले राजादेखि, पार्टीका नेताहरु, पार्टीभित्रका गुटका नेताहरु, स्थानिय निकाय, जिल्ला, प्रदेश र सिहदरवारमा बसेका महानुभावहरुको प्रत्येक कुरामा यसरी हस्तक्षेप बढेको देखरे हैरान छन् प्रतिगामीको आरोप खेपेर भए पनि आज त सडकमा निस्केर बोल्न थालेका छन् के यो देश राजनितिक दलको विर्ता हो हामी जनता हिजो राणा र राजाका नोकर आज दलका नोकर हौ ?
हुन पनि राजनितिक दलको मनोमानी यतिसम्म चलेको छ कि टोल विकास संस्थादेखि, मन्दिर, पार्टी पौवा देखि विद्यालय व्यवस्थापनसम्म , कुनै संस्थानमा नियुक्तिदेखि राजदुत र विज्ञहरुको आवश्यकता हुने विश्वविद्यालय र संस्थानहरुमासम्म पार्टीका कार्यकर्ता र विचार बोक्ने मानिसहरुले मात्र प्राथमिकता पाएका छन् । यस्तो लाग्छ पार्टीका कार्यकर्ताहरुभन्दा बाहेक यो देशमा अरु कोहि योग्य व्यक्ति नै छैनन् । ” तिमी जति सुकै विद्धान बन हामीलाई मतलब छैन हाम्रो पार्टीको झण्डा बोकेनौ भने हाम्रो भजन किर्तन गाएनौ भने तिमीलाई अयोग्य बनाईदिन्छौ ” भनेर लोकतन्त्र नै सर्वोपरी भन्ने दलले आफ्नो झण्डा बोक्ने र आफ्नो भजन किर्तन गाउने बाहेकका तमाम नेपालीलाई खुलेआम भनिरहेका छन् । देशभर देखिने यस्तो व्यवहार तनहूँ जिल्लामा पनि यत्रतत्र सर्वत्र देखिदै आएको छ । टोल बिकास संस्था गठनदेखि, मन्दिर व्यवस्थापन समिति गठनसम्म विद्यालय व्यवस्थापन समिति गठनदेखि सडक निर्माण समिति गठनसम्म राजनितिक दलका कार्यकर्ताहरु हावी भएका छन् र त्यसैको मारमा पछिललो समय तनहूँ दमौलीको सत्यवति माध्यमिक विद्यालय परेको छ जो नेपालकै नमुना विद्यालय पनि रहेको छ ।
व्यास नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको कार्यकाल सकिनु अगावै विघटन गरेर नयाँ व्यवस्थापन गर्ने निर्णय गरेपनि सत्यवति माध्यमिक विद्यालयमा हालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन हुन सक्नुभएको छैन । निकै माथापच्चि पछि यहि कार्तिक २७ गते निर्वाचन गर्ने तालिका सार्वजनिक भएपनि त्यसलाई सबैले पत्याईहाल्ने अवस्था रहेको छैन किनकी आफ्नो गुटको उमेदवारले पराजय बेहोर्ने जस्तो देखियो भने जुनसुकै बेला पनि निर्वाचन रोकिन सक्ने सम्भावना रहेको छ ।
”नेपालकै नमुना विद्यालय सत्यवतिलाई हाँक्छु ” भन्दै मैदानमा ४ जना उमेदवारहरु आउनुभएको छ । चारै जना आकांक्षीहरु आफुलाई ”एक से एक योग्य ” बताईरहदा सहमति गर्ने भन्दै झुलाउन मात्र खोजिएको छ । सहमति पनि कस्तो सहमति भने आफुले चाहेको मान्छे अध्यक्ष बनाउन पाए सहमत हुने भन्दै भएका थुप्रै कोठे बैठकहरु उमेदवारहरुले ‘‘आफु नै हुनुपर्ने” भनाईका कारण सफल हुन पाएका छैनन् । अध्यक्षका आकांक्षी शुरेश वाग्लेका अनुसार ”निर्वाचनमा जानुभन्दा सबै साथीहरु मिलेर को सबैभन्दा योग्य भन्ने छलफल गरेर निर्क्यौल निकालौ भन्ने हो” भन्नुहुन्छ त्यसैगरि अर्का आकांक्षी माधब अधिकारी ”कसैलाई निषेध गर्ने र आफ्ना पार्टीका मान्छे अझ आफ्नो गुटका मात्र जिताउने चाहानाले गर्दा सत्यवतिमा यस्तो अवस्था श्रृजना भएको” बताउनुहुन्छ ।
स्मरणिय छ सत्यवतिमा ४ जना आकांक्षीहरु मध्ये १ जनालाई पिटिए अध्यक्ष र १ जनालाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने राजनितिक नेतृत्वबाट बचन दिदादिदै पनि २ जना आकांक्षीहरु पछि हट्न नमानेपछि २७ गतेलाई निर्वाचन तोकिएको छ ।
कोठे बैठक र राजनितिक दलका कार्यालयहरुमा भएका निर्वाचन भयो भने अघिल्लो कार्यकाल जस्तै यहाँको राजनितिक नेतृत्वले नचाहेको व्यक्ति विजयी हुने धेरैले आकंलन गरेका छन् । यदि त्यस्तो छनक भेटियो भने अघिल्लो पटक त मतपत्र नछापिएको कारण निर्वाचन हुनु केहि घण्टा अगाडि रोकिएको सत्यवतिको निर्वाचन २७ गते पुनः के कारणले रोकिएला सबैले प्रतिक्षा गरिरहेका छन् र विद्याको मन्दिरमा हुने राजनितिले कुन रुप लिन्छ सबैले नियालिरहेका छन् ।
यस बारेमा सत्यवति मा.वि. का निवर्तमान् अध्यक्ष सूर्य देशभक्त अधिकारी भन्नुहुन्छ ” विद्यालयहरुमा राजनिति यसरी हावि बनाईदैछ कि अब नेपालकै नमुना विद्यालय सत्यवतिलाई पनि त्यस्को क्रिडास्थल बनाउन धेरै जना लागिपर्नुभएको छ तर विश्वास छ सत्यवति जस्तो विद्यालयमा छोराछोरी पढाउने करिब २ हजार अभिभावकहरुले आफ्नो विवेक प्रयोग गर्न पाउनुभयो भने योग्य मध्ये उत्कृष्ट व्यक्ति छनोट गर्नुहुनेछ ।”








