काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बनाईएको राजनीतिक समन्वय समितिको विरोध गर्नुभएको छ ।
गणेशमान सिंहको १०७औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले सरकारका कामकाजमा सहज बनाउन भन्दै सत्तारुढ दलहरुले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनाए पनि त्यस्को उद्धेश्य ठिक नभएको र उक्त समिति आवश्यक नरहेको धारणा पनि राख्नुभएको हो ।
उहाँले सरकारका कामकाजमा सहज बनाउन सत्ता गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति औचित्य नभएको बताउनुभएको हो । साथै उहाँले लोबतन्त्रमा सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत अनुसार यस्तो प्रकारको समिति बनाउनु राम्रो नहुने बताउनुभएको छ ।
सरकारका कामकाजमा सहज बनाउन भन्दै सत्तारुढ दलहरुले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनाएपछि नेता सिंहको यस्तो किसिमको धारणा आउनुलाई धेरैले महाधिवेशनसग जोडेर हेरेका छन् । रामचन्द्र पौडेल समुहका सिंह सभापतिको आकांक्षाी भईरहदा पौडेलले उत्तm समितिमा हक जमाउदा आफुलाई घाटा पर्ने सोचका साथ सिंहको यस्तो अभिव्यक्ति आएको कांग्रेसकै अर्का नेताको टिप्पणी छ ।








