दमौली अस्पतालको जग्गामा व्यास नगरपालिकाद्धारा टहरो निर्माणः टहरोको भाडामा कस्को अधिकार ?

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिकाले दमौली अस्पतालको जग्गामा टहरोहरु निर्माण गरेको छ । अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष प्रदिपराज अधिकारीका अनुसार जिल्ला समन्वय समिति तनहूँले अस्पतालको प्रायोजनका लागि दिएको जग्गामा व्यास नगरपालिकाले टहरो निर्माण गरेको हो ।
प्रदेश सरकार अन्र्तगत रहेको अस्पतालमा स्थानिय सरकारले टहरो निर्माण गर्दा अस्पताल प्रशासनको मौनतालाई आममानिसहरुले अर्थरुपमा लिएका छन् भने दमौली बजारको बिचभाग सफासडकमा करोडौको सपिगंमल निर्माण पश्चात भाडामा लगाउन नसकेको नगरपालिकाले बिशेष गरि जिल्ला समन्वय समितिले अस्पताललाई बाटोको लागि दिएको जग्गामा व्यावसायिक प्रायोजनको लागि टहरो निर्माण गर्नुलाई अस्पतालको जग्गा ओगट्न खोजेको भनेर टिप्पणी गरेका छन् । यसै बिषयमा अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष प्रदिपराज अधिकारी प्रतिक्रिया लिदा ”नगरपालिकाले टहरा निर्माण गर्न थालेपछि जिल्ला समन्वय समितिमा कुरागर्दा नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्नुभएको थियो त्यसपछि नगरपालिकासग अनौपचारिक कुराकानी गर्दा राम्रो प्रतिक्रिया आएन त्यसैले केहि गर्नै सकिएन” भन्नु भएको छ । ”नगरपालिका र सदरमुकाममा रहेको अस्पताल एक अर्काका परिपुरक हौ तर पनि जिल्ला समन्वय समितिले अस्पताललाई दिएको जग्गामा भौतिक संरचना निर्माण गर्दा सरसल्लाह गरेको भए हुने साथै अस्पताल जाने आउने बाटोमै कृषि जन्य उत्पादनहरु राख्दा फोहोर मैलाले झन् अस्पताल जाने आउने मानिसलाई असर गर्न सक्ने पनि ”अधिकारीको भनाई छ । ”स्थानिय उत्पादनहरु बिक्रीको लागि बनाईएको टहरा भएपनि भोली टहराबाट उठेको रकममा कस्को हक लाग्ने ? ” त्यसबारेमा विवाद हुन सक्ने पनि अधिकारीको भनाई छ ।

उक्त अस्पताल प्रवेश गर्नको लागि २०७३ सालमा राजनितिज्ञ स्वर्गिय पुरुषोत्तम काफ्लेको स्मृतिमा उहाँको परिवारले प्रवेशद्धार निर्माण गरेको छ । व्यास नगरपालिकाद्धारा निर्माण गरिएको स्थानिय कृषक उत्पादन बिक्री केन्द प्रवेशद्धारभित्र रहेको छ । उक्त व्यापारिक प्रायोजनको लागि निर्माण गरिएको टहरो १३ बटा पसल राख्न मिल्ने बनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?