दुई पटक कोरोना भइसकेका डिएसपी प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ। सप्तरी जिल्लाको को इलाका प्रहरी कार्यालय कञ्चनरूपका (डिएसपी) लोकनाथ तिमिल्सिनाको शुक्रबार बिहान काठमाडौंस्थित प्रहरी अस्पतालमा उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेश धमलाले जानकारी दिनुभएको छ ।
उहाँ तिहारअघि नै बिरामी हुनुहुन्थ्यो। प्रहरी उपरीक्षक धमलाका अनुसार उहाँलाई दुई पटक कोरोना भाइरसको संक्रमण भएको थियो।
उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो। दुई चोटी कोभिड संक्रमण भइसकेको थियो, उहाँले भन्नुभयो उहाँको फोक्सोमा निमोनिया भएको रहेछ। आज उपचारको क्रममा मृत्यु भएको हो।
यसअघि गत जेठमा काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत् डिएसपी समिरचन्द्र खरेलको कोरोना संक्रमणबाट निधन भएको थियो। (सेतोपाटी)








