रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको मृत्यु

  • ख-
  • ख+

काठमाडौं । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका(५ जुनखुनुवामा शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो ।

शनिबार राति घटनास्थलमा खटिएका एसपी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा थियो ।

कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याएलगत्तै डाक्टरहरूले चारै जनाको मृत्यु भएको घोषणा गरेको एसपी घिमिरेले जानकारी दिए ।

मृत्यु हुनेहरू मध्ये दुई जना भारतको बिहार बखरी बेतौना भन्ने गाउँका अरुन साह र दिनानाथ साह रहेका छन् भने अन्य दुई जनाको नाम सनाखत भएको छैन ।

घटनाबारे शनिबार राति नै भारतीय प्रहरीलाई घटनाबारे जानकारी गराइएको एसपी घिमिरेले बताए । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?