नेकपा एमाले तनहूँमा एकबहादुर रानाको षडयन्त्र! प्रदेश सांसद रामबहादुर गुरुगं महाधिवेशन प्रतिनिधि बन्नबाट बन्चित

  • ख-
  • ख+

तनहूँ । नेकपा गठन हुनु अघि नै नेकपा एमाले हुदाँदेखि नेकपा एमाले तनहूँमा भएको विवाद हालसम्म कायमै रहेको छ । जसको प्रत्यक्ष मारमा त्यागि नेता तथा कार्यकर्ताहरु परिरहेका छन् । आफ्नो पार्टी फ्टेर नेकपा एकिकृत समाजवादी हुदाँ पनि नचेतेका तनहूँका नेकपा एमालेका नेताहरुले महाधिवेशन प्रतिनिभि छनौटमा षडयन्त्र गरेका छन् । अरु छनौट भए आफ्नो विरासत गुम्ने आफु पछाडि परिने मानसिकताबाट ग्रसित नेर्ततव भएको कारण जनप्रतिनिधिहरुको भावनामा ठेस पुगेको छ ।
तनहूँबाट महाधिवेशन प्रतिनिधिको लागि क्षेत्र नम्वर १ को लागि १४ जनाको र २ को लागि १५ जनाको दाबी परेको थियो । धैरै जनाको दाबि परेको कारणले सर्वसम्मत गर्नको लागि कार्यदल बनाईएको थियो । कार्यदलमा क्षेत्र नम्बर १ को संयोजक एक बहादुर राना र २ नम्बरबाट केदार सिक्देल र दधिराज सुवेदि रहनुभएको थियो । क्षेत्र नम्बर १ मा ४ जना खुल्ला र १ जना महिला जना र क्षेत्र २ बाट ५ जना खुल्ला र २ जना महिला कोटा प्रतिनिधि जान पाउने थियो । तनहूँ जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ किसान एकिकृत समाजवादीमा गएपछि कार्यकर्ताको नजरमा अब यस क्षेत्रको नेतामा गण्डकी प्रदेश माननिय राम बहादर गुरुगं र राष्टिय सभा सदस्य भगवती न्यौपाने नाम थियो । यहि विश्वास र भरोसाका साथ कार्यदलले अगाडि बढाएको आचार संसहिता पढ्न पनि नपढिकन गण्डकी प्रदेश माननिय राम बहादर गुरुगंले सहि गरेर दिनुभयो तर भईदियो यस्तै त्यो आचार संहिता त उहाँकै लागि बुनेको जाल रहेछ । नाम घोषणा हुने बेलामा महिला कोटामा हाल्नु भएको भगवती न्यौपाने त निर्विरोध छनोट हुनुभयो तर तनहूँमा लोकप्रिय भएका रामबहादुर गुरुगंको नामै छैन भन्ने हल्ला बाहिर फैलियो ।
पहिल्यै नै षडयन्त्रको पाएर पार्टी कार्यालय बाहिर जम्मा भए भानुक्षेत्रकै एक जना नेता कार्यदलको सयोजक एक बहादुर रानाले छनोट गर्ने क्रममा राम बहादुर गुरुङलाई महाधिवेशन प्रतिनिधि बन्ने अवसरबाट बन्चित गर्ने निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार ”एकबहादुर राना आफु केन्दिय सदस्यमा उठ्ने भएकाले जिल्लामा लोकप्रिय काम गर्नुभएका माननिय राम बहादुर गुरुङ पनि केन्द्रिय सदस्य उठ्ने भएकोले जनजातिको कोटामा ठाउँ पाउन गारो भएपछि राम बहादुर गुरुग्ंलाई प्रतिनिधि छनोट बाट नै हटाएपछि केन्द्रिय सदस्यको लागि सजिलो हुने अनुमानले गर्दा यस्तो षडयन्त्र गरेको ”आरोप लगाउनुभएको छ । ”नेकपा एमालेका कार्यैकर्ताहरु लाखापाखा लागिरहदा पनि गाउँघर डुल्दै पार्टीमा रहन र पार्टीलाई विश्वास गर्न भन्दै हिड्ने र बिकास निर्माणको काम गर्ने यस क्षेत्रको एउटा प्रदेश सांसदाई प्रतिनिधि छनौट नगर्दा पनि चुक्कसम्म नबोल्ने अन्य नेतृत्वले खै अरु कार्यकर्तालाई न्याय गर्ला ? ”भानुबाट आउनुभएका एक जना नेता नेकपा एमाले पार्टी कार्यालयमा तादलावन्दि गर्न ल्याएको साँचो हातमा लिदै भन्दै हुनुहुन्थ्यो । नजिकै उभिएका एकजना कार्यकर्ता काम गर्ने र जनतामा पपुलर भएको मान्छेलाई यसरी षडयन्त्र गरेर हटाउछन् जिवन यहि पाटपर््ीमा गुजारियो अब यो बेला कहाँ जाने रामबहादुर गुरुगं जत्किोलाई त अन्याय हुन्छ भने हाम्रो चाला कस्तो होला त्यस्तो भन्दै गर्दा आडैमा बस्दै गरेका अर्का कार्यकर्ता नजिकै रहेको एकिकृत समाजवादीको कार्यालयतिर देखाउदै भन्दै थिए ” जाने हो त समाजवादी ?” त्यतिवेला केहि पर अन्य नेता तथा कार्यकर्तासग कुरा गरिरहनुभएका सांसद रामबहादुर गुरुगं कार्यकर्तालाई सम्झाउदै भन्दै हुनुहुन्थ्यो ”सहि पनि एमाले मै पनि एमाले ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्