जुवातास खेलिरहेका ८ जना नगदसहित पक्राउ

  • ख-
  • ख+

जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पोखरामा पक्राउ गरेकोछ। पोखरा नगरपालिका वडा नं. ४ कालिमाटी चोकस्थित राम कुमारी पराजुलीले संचालन गर्दै आएको खाजा घरमा जुवातास खेली रहेको अवस्थामा ८ जनालाई नगद सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खाजाघरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई ३ बुक तास र नगद १ लाख ४ हजार ३६० सहित पक्राउ गरीएको हो । पक्राउ परेका उनीहरु उपर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । (रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?