ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु, १८ घाइते

  • ख-
  • ख+

जनकपुरधाम । धनुषा जिल्लाको विदेह नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

कमला नदीमा कात्तिक स्नान गर्न गइरहेका तीर्थयात्री सवार ट्याक्टर विदेह नगरपालिका–७ मा पल्टिएर दुर्घटना भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

मृत्यु हुनेमा भारत सितामढीका अम्बिका देवी र रामदयाल यादव छन् । उनीहरुलाई उपचारका प्रादेशिक अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेको ट्याक्टरको नम्बर खुल्न नसकेको बस्नेतले बताए ।

धनुषाको कमला नदीमा कात्तिक पूर्णिमाका अवसरमा लाग्ने भूत मेलामा सहभागी हुन आएकाहरु दुर्घटनामा परेका हुन् । घाइतेहरुका अनुसार ट्याक्टर द्रूत गतिमा चलाइएको कारण दुर्घटना भएको हो । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?