तनहूँ । सानै उमेरमा तनहूँको फराकचौरमा रहेको बाराही मा.वि.बाट प्रजातन्त्रको लागि लड्नुभएका उत्तम मिश्र आज पनि उत्तिकै लडाकु स्वभावको हुनुहुन्छ । पार्टीलाई हाँक्नको लागि युवा जोश, जाँगर र भिजन चाहिन्छ भन्ने मिश्र बाराही मा. वि.हदै काठमाण्डौको सरस्वति क्याम्सपसमा स्ववियु सभापतिको उमेदवार हुदाँ होस् कि नेविसंघको तनहूँ जिल्ला सदस्य हुदाँ होस् प्रजातन्त्र र लोकतन्त्रको लागि कहिल्यै झुक्नुहुदैन भन्ने विचार राख्नुहुन्छ । नेबिसंघको केन्द्रिय सदस्य हुदै कार्यवाहक सभापति हुदाँ नेपाली कांग्रेसको उत्थानको लागि थुप्रै कामहरु गरेको बताउने मिश्रसग प्रजातन्त्र तथा लोकतन्त्रको लागि गरेको आन्दोलनमा पनि सधै अग्रभागमा खटेको अनुभव पनि छ ।
नेपाली कांग्रेसको महाधिवेशन नजिक आईरहदा जिल्लामा पार्टीका नेता तथा कार्यकर्ताहरुको भेटघाटमा व्यस्त रहनुुभएका मिश्र आफुलाई नेपाली कांग्रेसका सचेत कार्यकर्ताले न्याय दिनुपर्ने बताउन पनि पछि पर्नुहुदैन । देश र नेपाली कांग्रेसलाई अगाडि बढाउन आफुलाई योग्य बताउने मिश्र यतिबेला तनहूँ जिल्लाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिको उमेदवार बन्नुभएको छ । नेपाली कांग्रेसका लागि सबै कुरालाई तिलान्जली दिदै पार्टीकै लागि ३ दशकभन्दा बढि समय बिताएको कारणले पनि पक्कै पार्टीका साथीहरुले न्याय दिनुहुन्छ भन्ने कुरामा पनि विश्वस्त हुनुहन्छ उहाँ ।
सानै उमेरदेखि नेपाली कांग्रेसको लागि रगत पसिना बगाउनुभएका बिशेषगरि विद्यार्थीहरुमाझ बौद्धिक व्यक्तित्वका रुपमा परिचित उत्तम मिश्रलाई न्याय मिल्ला कि नमिल्ला त्यसको लागि अब केहि दिन कुनुपर्ने छ ।









