सत्तारुढ दलका जुवाडे नेता तथा कार्यकर्ता पक्राउ गर्ने तनहूँ प्रहरीका एसपी मैनालीको ६ महिना नपुग्दै सरुवा

  • ख-
  • ख+

कानुन पालनामा कडाई गर्ने मैनालीको स्वभावसग सत्तारुढ दलका नेता तथा कार्यकर्ता थिए असन्तुष्ट: एसपी मैनालीको सरुवालाई आम सर्वसाधारणले नियम कानुनको पालना गरेको बदलामा पाएको पुरस्कारको रुपमा चित्रण गरेका छन् ।

तनहूँ । जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एसपी दिनेशराज मैनालीको सरुवा भएको छ । झापाबाट तनहूँ प्रहरी प्रमुख भएर आउनुभएका एसपी मैनालीको ६ महिना पनि नपुग्दै सरुवा भएको होे । एसपी मैनाली छोटो समय तनहूँमा रहदाँ फरार अपराधी पक्राउ, जुवातास नियन्त्रण, अवैध नदिजन्य पदार्थ चोरी पैठारी नियन्त्रण, गाजाँ फडानी लगायतका जनतासग प्रतयक्ष सरोकार राख्ने कामहरु गर्नुभएको थियो । एसपी मैनालीको कार्यकालमा प्रहरी कार्यालयहरुमा सुधार गर्ने अनेक प्रयास भएका थिए भने जनतासग प्रत्यक्ष सरोकार राख्ने बिषयमा आफै सहभागी हुने र कानुनको पालनामा कसैलाई पनि छुट नदिने निती अवलम्वन गर्नुहुन्थ्यो । मैनाली पछिल्लो समय सरकार सम्वद्ध दलका नेता तथा कार्यकर्ताहरुलाई जुवातास खेलिरिहेको अवस्थामा पक्राउ गरि सोर्सफोर्स लगाउदा पनि रिहा नगरेको भनि सत्तारुढ दलका नेता तथा कार्यकर्ताहरु उहाँसग असन्तुष्ट रहेका थिए । एसपी मैनालीको सरुवालाई आम सर्वसाधारणले नियम कानुनको पालना गरेको बदलामा पाएको पुरस्कारको रुपमा चित्रण गरेका छन् ।
एसपी मैनाली महानगरिय प्रहरी परिसर काठमाण्डौ सरुवाा हुनुभएको छ ।
केहि दिन जिल्ला प्रहरी तनहूँ कार्यालयका सूचना अधिकृत एवं डिएसपि युवराज तिमल्सेनाको पनि सरुवा भईसकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?