कानुन व्यवसायीद्धारा गृहमन्त्री खाँणको राजीनामा माग

  • ख-
  • ख+

काठमाडौँ — कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । सर्वोच्च अदालत परिसरभित्र सशस्त्र र दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि दमन गरेको भन्दै उनीहरुले गृहमन्त्री खाँणको राजीनामा माग गरेका हुन् ।

कानुनको मन्दिरभित्र सयौं दंगा प्रहरी उपस्थित गराएर कानुन व्यवसायीहरुमाथि दमन गर्न खोजिएको उनीहरुले बताएका छन् ।

आइतबारको प्रदर्शनमा वकिलहरुले ुदंगा प्रहरी बाहिर जाु भन्ने नारा लगाएपछि त्यहाँ रहेका एक डीएसपीले माइकबाट, ुतपाईंहरू आफ्नो मुद्दा, मागका नारा लगाउनुस्, यो त प्रहरीविरुद्ध जस्तो भयोु भनेपछि कानुन व्यवसायीले नाराबाजी गरेका थिए । प्रहरी अधिकारीको उक्त आह्वानपछि कानुन व्यवसायीले गृहमन्त्री, प्रधानन्यायाधीश, अदालत प्रशासन र प्रहरीविरुद्ध नाराबाजी गरेका हुन् ।

वकिलहरुले अदालत परिसरभित्र धर्ना दिन थालेयता सर्वोच्च अदालतमा प्रहरी र सुरक्षा बढाइएको छ । अदालत परिसरभित्र सशस्त्र प्रहरी समेत उपस्थित भएपछि कानुन व्यवसायीहरुले हटाउन माग गर्दै आएका छन् ।

आइतबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई ुगुण्डा नाइकेु भन्दै राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । (कान्तिपुर दैनिक)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?