तनहूँ । तनहूँ कांग्रेस क्षेत्रिय अधिवेशन शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । केन्द्रको निर्वाचन अनुसार भएको निर्वाचनमा तनहूँ जिल्लाका निर्वाचन क्षेत्र नं. १ र २ को क्षेत्रिय समिति तथा महाधिवेशन प्रतिनिधिहरु चयनको निर्वाचन सम्पन्न भएको हो । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको जिल्ला भएपनि सवैसम्मत रुपमा क्षेत्रिय समिति तथा महाधिवेशन प्रतिनिधिहरु चयन हुन सकेन । आज भएको निर्वाचनमा प्रष्ट रुपमा पौडेल समुह र जिल्लाका तिन नेताहरु शंकर भण्डारी , गोविन्द भट्टराई र धु्रव वाग्ले ( शेर बहादुर देउवा समुह ) को समुह बिच भएको थियो ।
क्षेत्र नंं १ को सभापति मा शेरबहादुर देउवा समुहबाट विश्व बास्तोला उमेदवार हुनुभएको थियो । त्यसैगरि पौडेल समुहबाट श्यामकुमार मौरती सभापतिका उमेदवार हुनुहुन्थ्यो । त्यसैगरि क्षेत्र नं. .२ मा शेरबहादुर देउवा समुहबाट चुडामणी खनाल र रामचन्द्र पौडेल समुहबाट कृष्णराज पण्डित उमेदवार हुनुभएको छ ।
पोष्टर, पम्प्लेट, व्यानर, भिजिटिगंकार्डहरु प्रशस्त बाँडेर गरिएको चुनाव प्रचारले स्थानिय निकाय निर्वाचनको झल्को दिएको छ भने यस चुनावमा तनहूँको धेरै राजनितिका हस्तिहरु महाधिवेशन प्रतिनिधिमा पराजित हुने धेरैले आंकलन गरेका छन् ।
९५१ मत रहेको क्षेत्र नं. १ र ८६१ मत रहेको क्षेत्र नं. २ को मत गणना केहिबेरमा शुरु हुने र मत परिणाम आउन केहि समय लाग्ने पर्यवेक्षकहरुको भनाई रहेको छ ।


















