तनहूँ । तनहूँ कांग्रेस क्षेत्रीय अधिवेशनको मत परिणाम आउने क्रम जारी रहेको छ । जस अनुसार गण्डकी प्रदेशका मन्त्री दोवाटे बि.क. , प्रदेश सांसद सरिता गुरुगं, जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाकी उपप्रमुख आशा थापा, व्यास नगरपालिका वडा नं. १ का अध्यक्ष खरसिंह दरै, भानु नगरपालिका वडा नं. १३ का अध्यक्ष रामबहादुर बाँनिया, व्यास नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रमाया परियार, नेपाली कांग्रेस जिल्लाकार्य समितिका पूर्व प्रवक्ता अशोक कुमार श्रेष्ठ, तरुणदल गण्डकी प्रदेशका संयोजक पूर्ण गुरुगं, विजयी भईसक्नुभएको छ ।
क्षेत्र नं. १ मा भन्दा केहिबेर ढिला शुरु भएको मतगणनामा अनुसार क्षेत्र नं २ मा पनि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर सभापतिका उमेदवार कृष्णराज पण्डितको पक्षले अग्रता लिईरहेको छ । क्षेत्र नं. १ को मतपरिणाम पनि पौडेल पक्षको लागि निकै उत्साहजनक रहेको पाईएको छ ।








