नेपाली कांग्रेस तनहूँ क्षेत्र नं १ को सभापतिमा श्याम कुमार मौरती ८३ मत अन्तरलेले विजयी ( मत संख्यासहित)

  • ख-
  • ख+

तनहूँ । तनहूँ कांग्रेस क्षेत्रीयअधिवेशनको मत परिणाम आउने क्रम जारी रहेको छ । जस अनुसार तनहूँ जिल्ला क्षेत्र नं. १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर अत्याधिक बहुमतका साथ विजयी हुनुभएको छ । क्षेत्र नं. १ मा क्षेत्रिय सभापतिमा श्याम कुमार मौरती, सचिव दयानिधि नराल, राजु वाँनिया विजयी हुनुभएको छ भने अन्य पदमा पनि पौडेल पक्षधरका उमेदवारहरु विजयी बन्नुभएको छ । सहसचिव युवराज आले र शैलेस खाती, सदस्य प्रत्यक्ष महिलामा बिष्णुकुमारी श्रेष्ठ, सदस्य खुल्लामा पंकज अधिकारी, लक्ष्मण मल्ल र हरिप्रसाद शर्मा, सदस्य अन्य खस आर्यमा शरदचन्द्र खनाल, आदिवासी जनजाति महिला सदस्यमा सुनसरी गुरुगं, आदिवासी जनजाति खुल्ला सदस्यमा कुमार गुरुगं र थम बहादुर दरै निर्वाचित हुनुभएको छ ।

त्यसैगरि महाधिवेशन प्रतिनिधिहरुमा पनि पौडेल पक्षधरकै अत्याधिक बहुमत रहेको छ । महाधिवेशन प्रतिनिधिहरुमा नेपाली कांग्रेस तनहूँका सभापति, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने एवं जिल्ला सभापतिका आकांक्षी अत्याधिक मतका साथ विजयी हुनुभएको छ उहाँले कुल खसेको मत ९३१ मा ४८५ मत प्राप्त गर्नुभएको छ भने अन्य प्रतिनिधिहरुमा पनि गण्डकी प्रदेशका मन्त्री डोवाटे बि.क. , प्रदेश सांसद सरिता गुरुगं, जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका वडा नं. १ का अध्यक्ष खरसिंह दरै, भानु नगरपालिका वडा नं. १३ का अध्यक्ष रामबहादुर बाँनिया, व्यास नगरपालिकाकी कार्यपालिका सदस्य चन्द्रमाया परियार, नेपाली कांग्रेस जिल्लाकार्य समितिका पूर्व प्रवक्ता अशोक कुमार श्रेष्ठ, चिनु पोखरेल, नारायणी अधिकारी, पुष्पादेवी श्रेष्ठ, दिपक भट्टराई, सुरेश भट्टराई, लक्ष्मीप्रसाद आचार्य , बिणा कैनी, रघुनाथ पौडेल, रामचन्द्र पोखरेल, रामचन्द्र अधिकारी, रेशमलाल गुरुगं, विजयी हुनुुभएको छ भने मिरा जोशी, ध्रुवलाल प्रधान र मानकाजी श्रेष्ठ पराजित हुनुभएको छ ।
क्षेत्रिय समितिको पदाधिकारीहरु पनि श्याम कुमार मौरती पक्षधरहरु विजयी हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?