तनहूँ । नेपाली कांग्रेस तनहूँ क्षेत्र नं २ को सभापतिमा युवा नेता चुडामणी खनाल विजयी हुनुभएको छ । उहाँले ४४७ मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्द्धि कृष्णराज पण्डितले ३९६ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरि सचिवमा युवा नेता जीवन चन्द ठकुरी अत्याधिक बहुमतका साथ विजयी हुनुभएको छ । उहाँले ५१७ मत प्राप्त गर्नुभएको थियो त्यसैगरि सचिव पदमा नै अर्का प्रत्यासी सन्तोष घिमिरे ४८३ मत ल्याई विजयी हुनुभएको हो । सहसचिवमा चित्र बहादुर थापाले ५३६ मत प्राप्त गर्नुभयो भने सहसचिवमै अर्का प्रत्यासी यामबहादुर थापा सारु ५०३ मत प्राप्त गरि विजयी हुनुभएको छ ।


छुटाउनुभयो कि ?






