तनहूँ । नेपाली कांग्रेसका वरिष्ठ नेतालाई रामचन्द्र पौडेललाई केन्द्रमा सारै चापाचाप छ । केन्द्रिय सभापतिको उमेदवार हुन खोज्नुभएका उहाँलाई संस्थापन पक्षको पेलाई त छदैछ आफ्नै पक्षका पनि धेरै जना सभापतिको आकांक्षीहरु निस्कदा कस्लाई सम्झाउने, कस्लाई फुल्याउने दिनरात फुर्सद भईरहेको छैन । उहाँलाई डडेलधुरा, रुपदेन्देही लगायतका जिल्लामा उहाँका पक्षधरहरुलाई संस्थापन पक्षले एकलौटी गरे भनेर विज्ञप्ति निकाल्दै र विरोध जनाउदैको फुर्सद छैन ।
अरु जिल्लाका विवादहरु मिलाउदा मिलाउदै आफ्ना गृहजिल्लाका असन्तुष्टिहरु सम्बोधन गर्न नभ्याउनुभएका पौडेलले जिल्लाको क्षेत्रिय सभापति र महाधिवेशन प्रतिनिसिधहरुको निर्वाचन समाप्त भएपछि तनहूँ जिल्लाका नेता तथा केन्द्रिय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई र ध्रुव वाग्लेलाई काठमाण्डौ बोलाउनु भएको छ । पौडेलको आग्रहपछि उहाँहरु काठमाण्डौ पुगेको खबर प्राप्त भएको छ ।
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी चुनाव लक्षित स्वतन्त्र अभियान संचालन गरिरहदा, जिल्लामा वडादेखि केन्द्रसम्म २ पौडेल र बैकुण्ठ न्यौपाने समुह एकातिर र शंकर भण्डारी, गोविन्द भट्टराई र ध्रुव वाग्ले (तिन भाई – कार्यकर्ताहरुले राखेको नाम) समुह भएर प्रतिष्पर्धा भईरहे समयमा पौडेलले नेताहरुलाई भेटघाटलाई बोलाउनुलाई धेरै कांग्रेसीहरुले अर्थपूर्ण मानेका छन् ।
आफ्ना पक्षका जिल्ला सचिव विश्व बास्तोला ३ भाई पक्षबाट क्षेत्रिय सभापतिको उमेदवार हुनु, आफ्नै पक्षका जीतप्रकाश आले बैकुण्ठ न्यौपानेलाई टक्कर दिदै ३ भाईको समुहका तर्फबाट जिल्ला सभापतिको उमेदवार बन्न लाग्दा वरिष्ठ नेताको पौडेलको सक्रियतालाई धेरै कांग्रेसीजनहरुले अब जिल्ला सभापतिको गाँठो फुकाउनको लागि गरेको कसरत भन्ने बुझेका छन् । त्यसो त शेरबहादुर देउवासग नजिकको सम्बन्ध रहेका भण्डारी, भट्टराई र वाग्लेसगको सम्बन्धलाई थप मजबुत बनाउन पनि पौडेलले भेट्न बोलाएको एकथरि कांग्रेसीको भनाई रहेको छ । साथै ३ भाईको आफ्ना पक्षका व्यक्तिलाई सभापति बनाउनुपर्ने एकसुत्रिय माग रहकोले हालका जिल्ला सभापति एवं सभापतिका आकांक्षी बैकुण्ठ न्यौपानेको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा छलफल गर्ने रहेको बुझिएको छ ।
वरिष्ठ नेता पौडेलका एकजना नजिकका नेताका अनुसार रामचन्द्र पौडेल जितप्रकाश आलेको पनि जिल्लामा प्रभाव राम्रै रहेको हुनाले आलेलाई सभापति बनाउनै पर्ने परिस्थिति उत्पन्न भए आफ्नै पक्षबाट बनाउने चाहना रहेकोले तिनभाईलाई आफुलाई सहयोग गर्न आग्रह गर्न भेटघाट गर्न बोलाएको बुझिएको छ ।
पूर्वमन्त्री एवं केन्द्रिय सदस्य शंकर भण्डारीका नजिक स्थानिय नेताका अनुसार तिनभाईको गठबन्धन जितप्रकाश आलेलाई लिएर अगाडि बढेको र आफुहरु संस्थापन पक्षको भएको कारण वरिष्ठ नेतासगको भेटघाट हार्दिकताका लागि भेटघाट हुने आफ्ना नेताहरुको भनाई रहेको वहाँले बताउनुभएको छ साथै वडादेखि क्षेत्रिय चुनाव र महाधिवेशन प्रतिनिधि चयनसम्म गुटगत निर्णय लाद्ने अब क्षेत्र नं. २ मा ३ भाई पक्षको राम्रो उपस्थितिर र क्षेत्र नं. १ मा पनि सन्तोषजनक उपस्थिति भएको अवस्थामा वरिष्ठ नेता पौडेलको सक्रियताले केहि अर्थ नलाग्ने उहाँको भनाई रहेको छ । वरिष्ठ नेता पौडेलको भण्डारी, भट्टराई, पौडेल र वाग्लेसग भएको कुराकानीको बारेमा जानकारी लिन वरिष्ठ नेता पौडेलका निजी सचिव चिरन्जिवी अधिकारीसग सम्पर्क गर्दा उहाँको मोवाईल उठेन ।
केहिदिन अगाडिको भेटमा पौडेलपक्षबाट आलेलाई राष्ट्रिय सभाको निर्वाचनमा उमेदवार बनाउने वचन पाएपनि ३ भाईबाट जिल्ला सभापति बनाउने र राष्ट्रिय सभामा उमेदवार पनि बनाउने वचन पाएपश्चात जितप्रकाश आले तिनभाईको साथ नछोड्ने पक्षमा रहेको एकथरि कांग्रेसको भनाई रहेको छ साथै तनहूँ क्षेत्र नं. १ र क्षेत्र नं. २ को निर्वाचनको मत परिणाम पूर्णरुपमा आफ्नो पक्षमा नआएपनि आज आएको मत परिणामले ३ भाई पक्ष र जितप्रकाश आले हौसिएको कांग्रेसीहरुको भनाई रहेको छ ।








