व्यास न.पा.का उपप्रमुख सहित ३ जना वडाध्यक्षहरु कांग्रेस महाधिवेशन प्रतिनिधि बन्न सकेनन्

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाकी उपप्रमुख सहित ३ जना वडा अध्यक्षहरुले महाधिवेशन प्रतिनिधिमा विजयी हासिल गर्न असफल हुनुभएको छ । व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनको निर्वाचनमा पराजित हुनुभएको हो त्यसैगरि व्यास ३ का अध्यक्ष काशिराम श्रेष्ठ, व्यास ७ का अध्यक्ष सतिशचन्द्र न्यौपाने र व्यास १३ का अध्यक्ष लेखबहादुर राना उक्त निर्वानचनमा पराजित हुनुभएको हो ।
उपप्रमुख मिरा जोशीले ४०२ मत प्राप्त गर्नुभएको थियो भने वडा अध्यक्षहरु काशिराम श्रेष्ठले २६९ , सतिशचन्द्र न्यौपानेले २०७ र लेखबहादरु रानाले ३६३ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरि व्यास नगरपालिका वडा नं. १ का अध्यक्ष खरसिं दरै अल्पसंख्यकका तर्फबाट ५०९ मत प्राप्त गरि महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।
जोशी, श्रेष्ठ र न्यौपाने नेपाली कांग्रेस संस्थापन पक्ष (बिश्व बास्तोला प्यानल) को उमेदवार हुनुहुन्थ्यो भने राना पौडेल- बैकुण्ठ न्यौपाने पक्ष ( क्षेत्रिय सभापतिमा विजयी श्यामकुमार मौरती प्यानल )को उमेदवार हुनुहुन्थ्यो । विजयी दरै पनि मौरती पक्षको उमेदवार हुनुहुन्थ्यो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?