अन्यायमा परेका तनहूँका सांसद रामबहादुर गुरुङले पाए न्याय

  • ख-
  • ख+

महाधिवेशन प्रतिनिधि छनोटको समयमा अन्यायमा पर्नुभएका तनहूँका गण्डकी प्रदेशसांसद रामबहादुर गुरुङले न्याय पाएको महसुस गर्नुभएको छ। नेकपा एमालेका तर्फबाट गण्डकी प्रदेशमा अत्याधिक मतका साथ निर्वाचित तनहूँ क्षेत्र नं १क का सांसद गुरुङलाई नेकपा एमालेको १० अौं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा छनोट गर्ने क्रममा जानाजान छनोट गरिएको थिएन । आफू जनजाति भएको, कार्यकर्ता र पार्टीका नेताहरु माझ पपुलर भएकोले केन्द्रीय सदस्य उठ्न सक्ने भनेर केन्द्रीय सदस्य एकबहादुर रानाले आफुलाई महाधिवेशन प्रतिनिधि बन्न नदिएको वहाँले आरोप लगाउनुभएको थियो । तत्पश्चात नेकपा एमालेको केन्द्रीय कमिटीले उहाँलाई महाधिवेशन छनोट गरेको छ ।
जिल्लाबाट निर्वाचित जनप्रतिनिधिलाई नै पार्टी भित्रबाट जालझेल गरि महाधिवेशन प्रतिनिधि बन्न बन्चित गरिएपछि रुष्ट रहेका कार्यकर्ताहरु रामबहादुर गुरुङले न्याय पाएको बताउनुभएको छ।

यसै बिषयमा सांसद गुरुङसग सम्पर्क गर्दा केही व्यक्तिले आफ्नो राजनिति फाईदाको लागि मलाई महाधिवेशन प्रतिनिधि बन्न नदिने प्रपन्च रचेपनि जिल्लाका कार्यकर्ताको आावाज सुन्दै पार्टी अध्यक्ष केपी शर्मा अोली र पार्टी केन्द्रीय कमिटीले न्याय दिदै महाधिवेशन प्रतिनिधि बनाएकोमा अझै कटिबद्ध भएर पार्टीको काममा खटिन उर्जा मिलेको बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?