तनहूँ कांग्रेस सभापतिको लागि बैकुण्ठ र जितप्रकाश आमने सामने

  • ख-
  • ख+

तनहूँ / नेपाली कांग्रेस तनहूँको सभापतिको लागि वर्तमान सभापति बैकुण्ठ न्यौपाने र वर्तमान कार्यवाहक सभापति जितप्रकाश आले आमने सामने हुनुभएको छ । जिल्ला अधिवेशनको उमेदवारी दर्ताको दिन दुवै उमेदवारहरु दलबल सहित उमेदवार दर्ता गर्न व्यास नगरपालिका वडा नं. ३ मा रहेको पार्टी कार्यालय जानुभएको थियो । केन्द्रको संस्थापन पक्ष अर्थात जिल्लाको संस्थापन ईतर पक्ष शंकर भण्डारी, गोविन्द भट्टराई र ध्रुव वाग्ले ( ३ भाई ) को समुह आफ्ना पक्षका सभापतिका उमेदवार जितप्रकाश आले सहित पार्टी कार्यालय पुग्नुभएको थियो भने केन्द्रको संस्थापन ईतर पक्ष ( जिल्लाको संस्थापन पक्ष बैकुण्ठ न्यौपाने पक्ष) को समुह पनि जितप्रकाश आलेको समुह पुगेको केहि समय पश्चात पार्टी कार्यालय पुगेको थियो ।
बैकुण्ठ पक्षको सभापतिको उमेदवार बैकुण्ठ न्यौपाने हुनुहुन्छ भने उपसभापतिमा भानु नगरपालिकाका प्रमुख उदयराज गौली रशुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख किसान गुरुङ चुनाव लड्ने हुनुभएको छ । सचिवमा जिल्ला समन्वय समिति तनहूँका सदस्य केशबहादुर सुनार र मोहन गिरीले यस समूहबाट टिकट पाउनुभएको छ । यसै समुहबाट सह सचिवमा मिलन आले र घिरेश खनाल उमेदवार हुनुभएको छ ।
त्यसैगरि जितप्रकाश आले सभापतिको उमेदवार हुदा उहाँको समुहमा रिसिगं गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ र नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठ उपसभापतिको उमेदवार हुनुभएको छ ।
जितप्रकाश आलेको समुहबाट सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल सचिवको उमेदवार हुनभएको छ भने सह सचिवमा परमेश्वर भट्टराई रहुतमणि अधिकारीले टिकट पाउनु भएको छ ।

मंसिर १० गते हुने भनिएको जिल्ला अधिवेशन १ दिन सरेर ११ गते हुनेभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?