तनहूँ कांग्रेसको जिल्ला सभापतिको निर्वाचनमा खस्यो १७८३ मत

  • ख-
  • ख+

नेपाली कांग्रेस तनहूँको जिल्ला अधिवेशनमा १७८३ मत खसेको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला भएकोले पनि निकै महत्वका साथ हेरिएको जिल्ला अधिवेशनमा सभापतिको लागि २ जना उमेदवार रहनुभएको छ । वर्तमान सभापति एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र कार्यवाहक सभापति जितप्रकाश आले सभापतिको उमेदवार रहनुभएको छ । न्यौपानेलाई वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थन रहेको छ भने आलेलाई केन्द्रीय सदस्यहरु शंकर भण्डारी , गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको समर्थन रहेको छ । आज सम्पन्न निर्वाचनमा तनहूँ क्षेत्र न.१ बाट ९२५ र २ बाट ८५८ मत खसेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?