तनहूँ । हिजो सम्पन्न नेपाली कांग्रेस तनहूँको सभापतिको निर्वाचनमा कार्यवाहक सभापति जितप्रकाश आले विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेस तनहूँका वर्तमान सभापति एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलाई १ सय १६८ मत अन्तरले पराजित गर्नुभएको हो । १७८३ मतमा आलेले ९ सय ५१ मत प्राप्त गर्दा न्यौपानेले ७ सय ८३ मत प्राप्त गर्नुभएको थियो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रिय सदस्य प्रदिप पौडेलको गृहजिल्लाको निर्वाचनमा वरिष्ठ नेता पौडेलद्धय पक्षका न्यौपाने पराजित हुनुभएको छ भने संस्थापन पक्ष अर्थात जिल्लाको संस्थापन ईतर पक्ष शंकर भण्डारी, गोविन्द भट्टराई र ध्रुव वाग्ले ( ३ भाई ) को पक्षका उमेदवार जितप्रकाश आले विजयी हुनुभएको छ ।
त्यसैगरि उपसभापतिमा जितप्रकाश आले समुहका देवकुमार श्रेष्ठ र राजेन्द्रकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । सचिव पदमा लोकप्रिय मत ल्याई जितप्रकाश आले समुहकै लक्ष्मीभक्त खनाल विजयी हुनुभएको छ भने सचिवमा जितप्रकाश आले समुहकै सहदेव अधिकारी निर्वाचित हुनुभएको छ । सहसचिवमा बैकुण्ठ न्यौपाने समुहको मिलन आले निर्वाचत हुनुभएको छ भने जितप्रकाश आले समुहका परमेश्वर भट्टराई पनि सह सचिवमा विजयी हुनुभएको छ ।








