एमाले केन्द्रीय सदस्यमा को-को भए निर्विरोध ( सूचीसहित)

  • ख-
  • ख+

चितवन । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका केही सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । तर उनले पेश गरेको सूचीमा नभएकाहरुले समेत उम्मेदवारी दिएका कारण धेरैमा निर्विरोध हुन सकेन ।

अध्यक्षमा ओलीसँग भीम रावलको उम्मेदवारी परेको छ । उपाध्यक्ष र सचिवमा पनि निर्वाचन हुने भएको छ । ६ उपाध्यक्षका लागि ७ र ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वारोध निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यहरुमा पनि केही निर्विरोध भएका छन् । खुला, आदिवासी जनजाति लगायतका धेरै उम्मेवार परेको ठाउँमा पनि सहमतिको प्रयास भइरहेको छ । सकेसम्म पदाधिकारीमा मात्र चुनाव गर्ने प्रयास हुने एक नेताले बताए ।

उम्मेदवारी दर्ताकै आधारमा को को भए निर्विरोध ?

मधेसी महिलाः कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव ।

मुस्लिम महिलाः साजिदा खातुन सिद्धिकी ।

दलित महिलाः विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाईली

पिछडिएको क्षेत्र महिलाः बद्मीकुमारी बोहरा ।

श्रमिक

खुलाः विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ।

महिलाः मञ्जु कुमारी थापा मगर र सीता लामा ।

उपत्यका विशेष

खुलाः माधव ढुंगेल

महिलाः विनाकुमारी श्रेष्ठ

सम्पर्क समन्वय

खुलाः नरेन्द्र श्रेष्ठ

प्रदेश १

महिलाः उषाकला राई, निरा खनाल र मेनुका काफ्ले

प्रदेश २

खुलाः अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल

महिलाः कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा

बाग्मती

महिलाः पार्वती रावल, पेम्बा लामा र रचना खड्का

गण्डकी

खुलाः इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी

महिलाः नरदेवी पुन, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री

लुम्बिनी

खुलाः खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल

महिलाः मेनुका पोखरेल, सरिता खनाल र साबित्रा अर्याल

कर्णाली

महिलाः तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल
(अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?