मोवाईल र पैसा चोरीको आरोपमा दमौलीमा सुनिल थापा पक्राउ ( सिसिटिभि भिडियो सहित)

  • ख-
  • ख+

तनहूँ । तनहूँ जिल्लाको ब्यास नगरपालिका वडा नं. ४ को शकर टोलमा मोवाईल तथा ५० हजार चोरी भएको छ । मंसिर १६ बिहान १ बजेको समयमा चोरले घर भित्र राखेको मोबाईल ग्यालेक्सि सामसुम मोवाईल, ५० हजार रुपैया, केहि भारतिय र नेपाली रुपैया चोरि गरेको हो । भारतबाट आई ससुराली गएका ब्यास १० डिहिगाँउका नेत्रबहादुर दरै ससुराली जाँदा उक्त रकम रातको समयमा चोरले चोरेको बताईएको छ । चोरी भएको थाहा हुने बित्तिकै जिल्ला प्रहरी कार्यालयमा खबर गरिएको थियो ।
खबर पश्चात घटनास्थल पुगको प्रहरीले सिसिटिभी फुटेज जाँच गर्दा चोर टोलमा आहोर दोहोर गरिरहेको र चोरि पश्चात भाग्नेक्रममा पैसा गन्दै हिडेको देख्न सकिन्छ । अनुसन्धानमा खटिएको प्रहरीले राति नै व्यास नगरपालिका वडा नं. ५ का सुनिल थापालाई समातेको छ ।

मुग्लिङमाबाट दमौली तर्फ आउदै गर्दा गाडिमा थापालाई समातिएको हो । मोवाईल, पैसा र थापालाई जिल्ला प्रहरी कार्यालय तनहूँमा राखेर अनुसन्धान भैरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?