भारतमा पनि फेला पर्‍यो कोरोनाको ओमिक्रोन भेरियन्ट

  • ख-
  • ख+

छिमेकी मुलुक भारतमा पनि कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित फेला परेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित फेला परेको बताएका हुन् ।

६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘हालसम्म देशमा यो भेरियन्टबाट दुई जना संक्रमित भएको पुष्टि भएको छ’, अग्रवालले भने, ‘दुवै संक्रमित कर्नाटकका हुन् ।’

योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?