सोह्रखुट्टेमा आगलागी, नियन्त्रणका लागि ६ दमकल खटाइयो

  • ख-
  • ख+

काठमाडौं । सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा आगलागी भएको छ ।

शुक्रबार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल खटिएका छन् ।

महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी दुर्गा दाहालका अनुसार वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ । ‘बाहिरी भागको आगो नियन्त्रणमा लिएपछि मात्र भित्र प्रवेश गर्छौं, त्यसपछि नै आगलागीको कारण थाहा हुन्छ’ उनले भने । (अनलाइनखबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?