बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एकको मृत्यु

  • ख-
  • ख+

आज बिहान बसले ट्र्याक्टरलाई ठक्कर दिँदा पर्वत जिल्लाको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टरमा मध्यपहाडी लोकमार्गका मजदुर सवार थिए ।

उनीहरुमध्ये पाँच जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार १४ जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत र गम्भीर घाइतेलाई पोखरा पठाइएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ । ( रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?