तनहूँमा गोली चल्योः १७ बर्षिय मल्लको मृत्यु

  • ख-
  • ख+

तनहूँ । तनहूँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ थप्रेकमा गोलि लागेर एक जनाको मृत्यु भएको छ । गए राति जगंलमा गोलि लागेर मृत्यृ भएको हो । बाघको सिकार गर्ने क्रममा यस्तो हुन सक्ने समेत त्यहाँका स्थानीयहरुले बताउनुभएको छ ।

थप्रेक वडा न. १ का १७ बर्षिय सुमित मल्लको घटना स्थलमा नै मृत्यृ भएको छ । सगै गएका अर्का सुन बहादुर गुरुङलाई भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अरु थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?