मंसिर २४ बाट प्रथम दमौली पाटन महोत्सव हुदै

  • ख-
  • ख+

तनहूँ । तनहूँको व्यास नगरपालिका वडा नं. ५ तल्लोपाटनमा प्रथम दमौली पाटन सांस्कृतिक तथा पर्यटन महोत्सवको आयोजना हुदैछ । यहि मंसिर २४ गतेदेखि पुस ३ गतेसम्म उक्त महोत्सवको आयोजना हुन लागेको हो । महोत्सवमा विभिन्न जातजातिका कला , संस्कृति, भेषभुषा झल्कने झाँकिहरुको प्रर्दशनी, खानाको लागि स्टलहरु रहने, यसक्षेत्रको मौलिक नाचगान पनि रहने आयोजकको भनाई रहेको छ । कार्यक्रममा नेपालका चर्चित गायक गायीकाको पनि प्रस्तुति रहने छ ।
उक्त महोत्सवमा गायकहरु प्रमोद खरेल, प्रकाश सपुत, धिरज राई, यस कुमार लगायत आउदै हुनुहुन्छ भने गायीकाहरुमा गायीकाहरु कमला घिमिरे, प्रिति आले, ज्योति आले लगायतको आर्कषक प्रस्तुति रहने छ ।
महोत्सवलाई आर्कषक बनाउन विभिन्न प्रकारका खेलस्थलहरु, स्थानिय उत्पादन बिक्रि वितरणको लागि छुट्टै स्थलहरु, आदिवासी जनजातिका पहिचान झल्काउने प्रर्दशनी स्थलहरु रहने छन् । पराशर आश्रमको आडमा हुने महोत्सवमा सहभागी हुन आउनेहरु गाडिबाट सिधै स्थलमा जान पनि सक्ने र व्यास गुफा लगायतका अन्य स्थलहरुको अवलोकन गर्दै व्यास झुलाबाट मादी र शुक्ला नदिको संगमस्थलको मनमोहक दृश्य हेर्दै ओहोर दोहोर गर्न सक्ने भएकोले पनि महोत्सव निकै सफल हुने आयोजक संस्था पाटन युवा क्लबका अध्यक्ष अमर थापाले बताउनुभएको छ ।
लामो समयसम्म कोरोना महामारीबाट थिलोथिलो बनेको वातावरण, आर्थिकक्षेत्र, बजार र जनमानसलाई चलायमान बनाउन पनि प्रथम दमौली पाटन महोत्सव आयोजना गरिएको उहाँको भनाई रहेको छ ।
९ दिनसम चल्ने महोत्सवमा लाखौको संख्यामा मानिसहरुको आगमन हुने र करोडौको कारोवार हुने आयोजकले विश्वास लिएका छन् साथै यस क्षेत्रको प्रचार प्रसार र विकासको लागि पनि मानिसहरुको आगमन आवश्यकता रहेको आयोजक पाटन युवा क्लबका उपाध्यक्ष सफल पुनको धारणा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?