तनहूँ । कुनै समय नेपाली कांग्रेसको उर्वरभुमि र गढ मानिएको तनहूँ जिल्लाबाट नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पार्टीको पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरुले आफ्नो दाबी पेश गर्न थाल्नुभएको छ ।
वडादेखि प्रदेश तहका सबै निर्वाचनमा संस्थापन र संस्थापनइतर समूह बनेर निर्वाचनमा गएका दुवै समूहबाट पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि नेताहरुले लबिङ थाल्नुभएको छ ।
तनहूँबाट नेपाली कांग्रेसका वरिष्ठ नेता राममचन्द्र पौडेलले सभापतिको दावि गरिरहदा तनहूँका अन्य नेताहरु पनि नेपाली कांग्रेसको पदाधिकारी हुन बल गरिरहनुभएको छ । हिन्दु राष्टको माग गरिरहनुभएका पूर्वमन्त्री शंकर भण्डारी पनि पदाधिकारी बन्न शेर बहादुर देउवाको सिग्नल कुरिरहनुभएको छ भने कृष्णप्रसाद सिटौला गुटमा रहनुभएका केन्द्रिय प्रदिप पौडल अब केन्द्रिय सदस्य होईन महामन्त्री बन्न ईच्छुक बन्नुभएको छ । केन्द्रिय सदस्य गोविन्द भट्टराई आफुलाई कांग्रेस हाँक्नको लागि सह महामन्त्रीमा उमेदवारी पेश गरिरहनुभएको छ ।
संविधानसभाका सदस्य एवं आमन्त्रित केन्द्रिय सदस्य धु्रव वाग्लेले पनि केन्द्रिय सदस्यमा उमेदवारी पेश गरिसक्नुभएको छ भने अर्का संविधान सभाका सदस्य रामचन्द्र पोखरेल आफु केन्द्रिय सदस्यमा विजयी हुनेमा ढुक्क देखिनुभएको छ। राष्टिय सभाका सदस्य प्रकाश पन्थ आफुलाई अपांग कोटा अन्र्तगत केन्द्रिय सदस्यको उमेदवार हुने प्रष्ट पारिसक्नुभएको छ । गण्डकी प्रदेशका मन्त्री दोवाटे बि. क. पनि आफुलाई दलित कोटाबाट केन्द्रिय सदस्यको उमेदवार बताईरहनुभएको छ । अर्कातर्फ युवा नेता आनन्दराज त्रिपाठी पनि अब कांग्रेसको बागडोर हामीलाई दिनुपर्छ भन्दै केन्द्रिय सदस्यको उमेदवार बन्दै गर्दा बिद्यार्थी नेता दिपक भट्टराई पनि केन्द्रिय सदस्य उमेदवारको रुपमा आफुलाई प्रस्तुत गरेर अगाडि बढ्नुभएको छ ।
तनहूँबाट कांग्रेसका पदासधकारी तथा केन्द्रिय सदस्यमा दावि गर्नेहरु धेरै जसो सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नजिकको सम्बन्ध बनाएका र केहि वरिष्ठ नेता रामचन्द्र पौडेलसग सम्बन्ध बनाएका कारण जित्न सक्ने सम्भावना त रहेको तर पनि आफुले चाहेको पदमा पदाधिकारीहरु पाउने सम्भावना अत्यन्तै कम रहेको छ ।
तनहूँ जिल्ला प्रशस्त कांग्रेसी नेताहरु भएको ठाउँभएको कारण पनि जिल्लाबाट अझै केन्द्रिय सदस्यका आकांक्षीहरु बढ्न सक्ने धेरैको अनुमान रहेको छ ।








