रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउन विमलेन्द्र निधिको प्रस्ताव

  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका सभापति पदका प्रत्यासी विमलेन्द्र नीधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीको सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन् ।

पार्टीको महाधिवेशन सुरू हुने दिन उनले यस्तो प्रस्ताव राख्दै कांग्रेस सभापतिको प्रतिस्पर्धालाई नयाँ मोड दिएका हुन् ।

चितवन काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार जावालखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले पौडेललाई न्याय पनि हुने र पार्टीमा पनि एकताका सन्देश जाने भन्दै सर्वसम्मतिको प्रस्ताव राखेका हुन् । कांग्रेस संस्थापन पक्षका नेता निधि आफैं पनि सभापतिका उम्मेदवार हुन् । देउवाको साथ छाड्दै उनले सभापतिमा सबैभन्दा पहिले आफ्नो दाबेदारी प्रस्तुत गरेका थिए ।

निधीले भने, ‘पार्टीभित्र एकताको सन्देश दिन जरुरी छ । यदि पोडेलललाई सर्वसम्मत सभापति बनाउने हो भने म स्वीकार गर्छु । सर्वसम्मत नभएको अवस्थामा सभापतिमा मेरो दाबी यथावत रहन्छ ।’
केन्द्रीय समितिको अन्तिम बैठकमा हिजो पौडेल नआउनु दुः खद भएको उनले बताए । पौडेलजत्तिका सिनियर नेतालाई समेत सहमतिमा लिएर पार्टीमा वृहत्तर एकताको सन्देश दिन देउवाले फराकिलो छाती बनाउनुपर्नेमा निधिले जोड दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?