मन्त्री श्रेष्ठद्वारा दमौली पाटन सांस्कृतिक एवं पर्यटकीय महोत्सवको उद्घाटन

  • ख-
  • ख+

तनहूँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटकीय महोत्सव उद्घाटन गर्नुभएको छ । महोत्सवको उद्घाटन गर्दै श्रेष्ठले आफु श्रम मन्त्री भएपछि श्रम सँबन्धि समस्या सुधारका लागि लागिपरेको बताउनुभएको थियो । उहाँले तनहूँको बिकासको लागि सदा लागि पर्ने भएकोले जुनसुकै समस्या भएपनि आफुलाई सम्पर्क गर्न पनि आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्याल, वडा नं. ३का अध्यक्ष प्रेम कुमार श्रेष्ठ, व्यास नगरपालिका वडा नं. ४ का अध्यक्ष विश्व न्यौपाने, नेकपा एकिकृत समाजवादीका अध्यक्ष शंकर नारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेल लगायतका अथितिहरुले सम्बोधन गर्नुभएको थियो ।

मंसिर २४ देखि पुस ३ गतेसम्म संचालन हुने स्थलमा रमाइलो मेला, होटल, अन्य घरेलु, कृषिका स्टलहरु रहेको छन् । पाटन युवा क्लबका अध्यक्ष अमर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा महोत्सव मुल संयोजक एवं पाटन युवा क्लबका सल्लाहकार पवन चुमी थापा मगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?