जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु, आठ जना गम्भीर घाइते

  • ख-
  • ख+

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको को बलेफी गाँउपालिका वडा नं. ४ मा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

बा २ ख ५६१४ नम्बरको बस दुर्घटना शनिबार राति नौ बजे दुर्घटना हुँदा चालक बलेफी ६ का राजु तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बलेफी – ५ का सन्तोष भूजेलको बिहेको जन्ती लिएर बस काभ्रेको भुम्लु जाँदै थियो । ( अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?