कांग्रेसको महाधिवेशनमा तनहूँबाट ११ जना उमेदवारहरु

  • ख-
  • ख+

तनहूँ । काठमाण्डौ नेपाली कांग्रेसको १४ औं महाधिवेशन चलिरहेको छ । अन्य जिल्लामा जस्तै तनहूँमा पनि वडा, नगर, क्षेत्र प्रदेश क्षेत्र र जिल्लामा अचम्मैसग भिडेको कांग्रेसीजनहरु काठमाण्डौको सिरोटोमा हात सेक्न पुग्नुभएको छ । महाधिवेशनको रमाईलो हेर्न र गोजीमा हात राखेर तातो बनाउला भनेर जाने तनहूँवासीलाई त्यति सजिलो भने भएको छैन किनकी तिनै हातले तनहूँ जिल्लाबाट नेपाली कांग्रेसको पदाधिकारी र केन्द्रिय सदस्यमा उमेदवार हुनेहरुको प्रचार प्रसार गर्नुपर्ने जिम्मेवारी आईपरेको छ ।
हुन त तनहूँ जिल्ला कांग्रेसको नेता उत्पादनमा उर्वर जिल्ला मान्ने गरिन्छ उक्त कुरालाई यसपटकको महाधिवेशनले झन् राम्रैसग पुष्टि गरिदिएको छ । यसपटकको महाधिवेशनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रिय सभापतिमा उमेदवारी दिन्छु भनेपनि सर्वसम्मत हुन नसकेपछि उमेदवारी दिनु भएको छैन तापनि तनहूँका अर्का युवा नेता प्रदिप पौडेलले महामन्त्रीको उमेदवारी दिएपछि तनहूँवासीको मन उद्धेलित भईरहेको छ उक्त पदमा २ जना महामन्त्रीको आवश्यक रहेकोमा ६ जनाको उमेदवारी रहेको छ ।
त्यसैगरि तनहूँबाट उमेदवारी दिनेमा पूर्व मन्त्री शंकर भण्डारी, केन्द्रिय सदस्य गोविन्द भट्टराई, संधिानसभाका सदस्य रामचन्द्र पोखरेल, विद्यार्थी नेताहरु आनन्द त्रिपाठी र दिपक भट्टराईले खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा उमेदवारी दिनुभएको छ , ३५ जना आवश्यक पर्ने खूल्ला सदस्यमा १ सय १० जनाको उमेदवारी रहेको छ । गण्डकी प्रदेशबाट खुल्ला केन्द्रिय सदस्यमा संविधानसभाका सदस्य ध्रुव वाग्लेले पनि उमेदवारी दिनुभएको छ , उक्त पदमा २ जना आवश्यक पर्नेमा ४ जनाको उमेदवारी रहेको छ । राष्टिय सभाका सदस्य प्रकाश पन्थले पनि अपांगताका तर्फबाट केन्द्रिय सदस्यमा उमेदवारी दिनुभएको छ, अपांगता भएका मध्येबाट खुल्ला १ सिटको लागि १७ जना उमेदवारहरु रहनुभएको छ । त्यसैगरि ५ सिटको दलित सदस्य पद( खुल्ला) का लागि उमेदवारी दिनुभएका डोवाटे बि.क.सगै अन्य २६ जना उमेदवारहरु पनि मैदानमा रहनुभएको छ ।

त्यसैगरि युवा नेता पुर्णबहादुर गुरुगंले आदिवासी जनजाति तर्फ खुल्लामा केन्द्रिय सदस्यको लागि प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । उक्त पदमा ८ सिटको लागि ५४ जना प्रतिष्पर्धी रहनुभएको छ । त्यसैगरि तनहूँबाट एकजनामात्र महिला उमेदवारको रुपमा चिनु पोखरेलले खस आर्य महिला पदमा केन्द्रिय सदस्यको लागि उमेदवारी दिदा ६ सिटको लागि ३४ जना उमेदवारहरु मैदानमा उत्रनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?