पोखरामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

  • ख-
  • ख+

पोखरामा ट्रकको ठक्करबाट एक जना महिलाको मृत्यू भएको छ । पोखरा पृथ्वी चोकस्थित चाइनापुलमा बा।३–००१ ख १८१५ नम्बरको ट्रकले ग।१४ प। ५८२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरको पछाडि सवार काजीपोखरीकी ६० वर्षिया शान्तिमाया पुनको मृत्यू भएको हो ।
ट्रकको ठक्करबाट घाइते भएकी पुनलाई उद्धार गरी अस्पताल पु(याइएकोमा उपचारको क्रममा मृत्यू भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ट्रकको ठक्करबाट स्कुटर चालक जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत ४२ वर्षिय प्रहरी सहायक निरीक्षक डिलबहादुर सोमरे घाइते भएका छन् । घाइते सोमरे मृतक पुनको ज्वाईं हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?